अफगानिस्तानमा सेनाकै हवाई आक्रमणमा परी पाँच सैनिक मारिए

खरीबोट

कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।

जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयाअनुसार बुधबार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिए । इमाम साहिब जिल्लाको क्युसलक क्षेत्रमा आतङ्ककारी लक्षित यस हवाई आक्रमणमा परी पाँच सैनिकको ज्यान जानुको साथै अन्य सात घाइते भएका थिए ।

उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिकाआवद्ध संयुक्तबलले गरेको हो भन्ने प्रष्ट भएको छैन । तर आफ्नै सहकर्मीमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन ।

अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ । गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा  अमेरिकाआवद्ध बलले तालिबान लडाकू लक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए ।

सम्बन्धित समाचार

बंगलादेशले अफगानिस्तानलाई दियो २६३ रनको लक्ष्य

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशले अफगानिस्तानलाई २६३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाउदै २६२ रन बनाएको हो । बंगलादेशका लागि मुशाफिकुर

अन्तिम समयमा चुक्यो अफगानिस्तान, सामीको ह्याट्रिकले भारत विजयी

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारतले अफगानिस्तानमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो । २२५ रनको लक्ष्य पाएको अफगानिस्तान ४९.५ ओभरमा

अफगानिस्तानका स्पिनरले भारतलाई २२४ रनमा रोके

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारतले अफगानिस्तानलाई २२४ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिला ब्याटिंग गरेको भारतले संघर्षपूर्ण ब्याटिंग गर्दै २२४ नमा समेटिएको हो । भारतले ५० ओभरमा ८ विकेट

भारतलाई ‘सरप्राइज’ दिने तयारीमा अफगानिस्तान

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत दुई खेल हुदै छन् काठमाडौँ । पहिलो खेलमा दुई एशियाली टिम आज भारत र अफगानिस्तान खेल्दै छन् । त्यस्तै दोस्रो खेलमा न्युजील्याण्ड र वेस्टइन्डिजबीच खेल्दै


z