• २०८१ बैशाख ८ शनिबार

पाकिस्तानविरुद्ध डेभिड वार्नरको शतक

kharibot

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा हिले अस्ट्रेलिया र पाकिस्तानबीच खेल भैरहेको छ । टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले शतकीय पारी खेलेका छन् ।

वार्नर १०७ रन बनाएर आउट भएका छन् । वार्नरले १०२ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा वार्नरको यो १५औ शतक हो । वार्नरले ११० एकदिवसीय खेल खेल्दै १५ शतक प्रहार गरेका हुन् ।

वार्नरको यो शतक यस विश्वकपको सातौ शतक हो । यस विश्वकपमा जोय रुट, जेसन रोय, शकिब अल हसन, जोस बटलर, रोहित शर्मा र शिखर धवनले शतक प्रहार गरेका छन् ।            

पाकिस्तानविरुद्ध उत्कृष्ट शुरुवात गरेको अस्ट्रेलियाले यो समाचार तयार गरुन्जेल ३८ ओभरमा ४ विकेट गुमाउदै २४३ रन बनाएको छ । अस्ट्रेलियाका लागि ओपनर वार्नर र कप्तान एरोन फिन्चले १४६ रनको साझेदारी गरेका थिए । फिन्च ८२ रन बनाएर आउट भएका थिए । त्यस्तै ग्लेन म्याक्सवेल २० रन र स्टिभ स्मिथ १० रन बनाएर आउट भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै