• २०८१ बैशाख ६ बिहीबार

पाकिस्तानी बलरको कमब्याक, अस्ट्रेलिया ३०७ रनमा अलआउट  

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले पाकिस्तानलाई ३०८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुदै ३०७ रन बनाएको हो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि कप्तान एरोन फिन्चसँग १४६ रनको साझेदारी गरेका वार्नर १०७ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान फिन्च ८२ रन बनाएर आउट भए ।

वार्नर र फिन्चपछि अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले भने धेरै रन बनाउन सकेनन् । एक समय अस्ट्रेलियाले ३५० रन कटाउने अवस्था देखिएकोमा पाकिस्तानका बलर खेलमा फर्किदै लगातार विकेट लिएका थिए । अस्ट्रेलियाका लागि शान मार्शले २३, एलेक्स केरी र ग्लेन म्याक्स वेलले २०-२० रन बनाए भने उसमान ख्वाजाले १८ र स्टिभ स्मिथले १० रन बनाए । त्यस्तै नाथन कुल्टर नील र पाट कमिन्स २-२ रन बनाएर आउट भए ।

पाकिस्तानका बलर मोहमद आमीरले सर्वाधिक ५ विकेट लिए । आमीरले १० ओभरमा २ मेडनसहित २० रन दिएर ५ विकेट लिए । त्यस्तै शाहीन शाह अफ्रिदीले २ विकेट लिए भने हसन अली, वहाब रियाज र मोहमद हाफिजले एक एक विकेट लिए ।

प्रतियोगितामा अस्ट्रेलियाले तीन खेलमा २ जित र एक हार बेहोरेको छ भने पाकिस्तान यस अघिका तीन खेलमा एक जित एक हार र एक बराबरी रहेका छन् ।             ,                           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै