मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता 

खरीबोट

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

मेगा बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । 
 

सम्बन्धित समाचार

राप्ती अस्पतालको ‘ब्लड बैंक’ मा फ्रिज अभाव

तुलसीपुर / राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन गर्न आवश्यक फ्रिज अभाव रहेको छ । फ्रिज नहुँदा आवश्यकतानुसार रगत सङ्कलन गर्न नसकिएको केन्द्र प्रमुख सीतम रेग्मीले

डोल्पाका चार स्थानीय तहमा अझै बैंक पुगेन

डोल्पा । डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ ।  स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका

बिद्यालयलाई सहयोग गरेकोमा कृषि विकास बैंक राष्ट्रपति भण्डारीबाट सम्मानित

काठमाडौँ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको जनता माध्यमिक बिद्यालय तरहीको हिरक जयन्ती तथा अभिभावक दिवश २०७६ असार ७ गते सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रपति

राष्ट्र बैंकले सोमबार १२ अर्ब २८ करोडको ट्रेजरी बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १२ अर्ब २८ करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको


z