• २०८१ बैशाख ७ शुक्रबार

महेन्द्रको दूरदर्शी विचारले नेपाल अहिले स्वतन्त्र छ – कमल थापा

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली राजनीतिकमा अब राप्रपा वैकल्पिक शक्तिका उदाउने घोषणा गरेका छन् ।

राजा महेन्द्रको एक सय औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित ‘राष्ट्रियता, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध’का सन्दर्भमा राजा महेन्द्रको बहुआयामिक व्यक्तित्व विषयक प्रवचन गोष्ठीमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले राप्रपाले राजा महेन्द्रलाई वैचारिक मार्गदर्शकको रुपमा लिएका कारण उनले लिएको राष्ट्रियता, देशभक्तिभाव, विकास र अन्तर्राष्ट्रिय सम्बन्धलाई अग्रभागमा राख्दै पार्टीलाई अगाडि बढाई नेपाली राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति भएका आउने दावी गरे ।

थापाले भने,‘पृथ्वीनारायण शाहले विभिन्न भागमा बाँडिएको राज्यलाई एकै सुत्रमा बाँधेर राष्ट्र र नेपाली जनतालाई जुन किसिमको राष्ट्रभक्ति भाव देखाए, राजा महेन्द्रको उदय हुँदैथ्यो भने नेपाल भारतको कुनै प्रान्तको रुपमा हुने थियो ।’

अध्यक्ष थापाले दक्षिणी छिमेकीको प्रभावमा नेपालको प्रजातन्त्र मात्रै नभई स्वतन्त्र राष्ट्रको रुपमा हुन्थयो कि हुँदैथ्यो भन्न सकिने अवस्था नभएको पनि स्मरण गराए । उनले थपे,‘त्यस्तो अवस्थामा राजा महेन्द्रको दूरदर्शी विचारले नेपाल अहिले स्वतन्त्र छ ।’

कार्यक्रममा परराष्ट्रविद् रमेशनाथ पाण्डेले विदेशी प्रभावमा नपरी राष्ट्रिय हितमा काम गर्ने नेतृत्वको अभाव रहेको बताए ।

नेपालको परराष्ट्र नीतिमा आमूल परिवर्तनको खाँचो रहेको भन्दै उनले दुवै छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध कायम गर्न सक्नुपर्नेमा जोड दिए ।

यस्तै, नेकपा मालेका महासचिव सीपी मैनालीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि राजा महेन्द्रले चालेको कदमलाई वर्तमान पिंढीले पनि कुनै पूर्वाग्रहविना आत्मसात गर्नुपर्ने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै