धनगढी विमानस्थलमा हवाईसेवा पुनः सञ्चालन

खरीबोट

फाइल तस्बीर

धनगढी । धावनमार्गको मर्मत सम्भारपछि धनगढी विमानस्थलमा आजबाट जहाजको उडान र अवतरण पुनः शुरु भएको छ ।

धावनमार्गको स्तरोन्नति र पार्किङक्षेत्र विस्तारको कामको लागि गएको वैशाख २२ गतेबाट यो विमानस्थलमा जहाजको उडान र अवतरण बन्द गरिएको थियो ।

विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले विमानस्थलको एक हजार ८०० मिटर धावनमार्गमध्ये नौ सय मिटर धावनमार्ग स्तरोन्नतिको काम पूरा भएको बताए । बाँकी नौ सय मिटर धावनमार्गको स्तरोन्नतिको काम असार १ गतेदेखि रातिको समयमा गर्ने तयारी गरिएको छ । 

“जेठ २९ देखि ३२ गतेसम्म बिहानदेखि बेलुकासम्म जहाजको उडान र अवतरण गर्न दिइने छ”, बुढथापाले भने, “असार १ गतेबाट भने बिहान ८:३० देखि बेलुका ४ बजेसम्म उडान र अवतरण गर्न दिई रातिको समयमा मर्मत सम्भारको काम जारी रहने छ ।” विमानस्थलमा पार्किङ क्षेत्रको विस्तार एवं स्तरोन्नतिको काम पनि थालिएको छ । 

पार्किङ क्षेत्रमा दुई वटा जहाज एकैसाथ अड्याउने व्यवस्था रहेकोमा एकैसाथ चार वटा पार्किङ गर्न सकिने गरी विस्तारकार्य थालिएको हो । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो धनगढी विमानस्थल हो । 

सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ— धनगढी—काठमाडौँसम्मको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थल हो ।

झण्डै रु १८ करोडको लागतमा विमानस्थलको धावनमार्ग र पार्किङक्षेत्र निर्माण एवं स्तरोन्नति गर्न विभिन्न तीन निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको थियो । यो विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ—धनगढी—काठमाडौँसम्मको हवाईसेवा उपलब्ध गराइरहेको छ ।

यस्तै निजी क्षेत्रको बुद्ध र श्री एअरलायन्सले काठमाडौँ—धनगढी—काठमाडौँका लागि दैनिक चार उडान गर्दै आएका छन् ।  
 

सम्बन्धित समाचार

सुर्खेत विमानस्थल विस्तारको तयारी

सुर्खेत । विसं २०२२ सालमा बनेको सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी भएको छ । कर्णाली प्रदेश सरकारको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल विस्तारका लागि पुनः अध्ययन शुरु गरेको

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

पोखरा । मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०७० देखि बन्द भएको सो विमानस्थलमा गण्डकी प्रदेश सरकारको पहलमा शुक्रबार समिट एयरको विमान अवतरण गरेको हो ।  प्रदेश मुख्यमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, विमानस्थलमा प्रतिक्रिया दिएनन् 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो उपचार सकेर सिंगापुरबाट शुक्रवार स्वदेश फर्किएका छन् । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर ओली शुक्रवार मध्याह्न स्वदेश फिर्ता भएका हुन् । प्रधानमन्त्री


z