• २०८१ बैशाख ६ बिहीबार

मलाई कसैले प्रचण्ड भन्यो भने गर्ववोध हुन्छ – प्रचण्ड 

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आफू एउटै मान्छे भए पनि दुईवटा भूमिका रहेको बताएका छन् ।

बुधबार राष्ट्रिय नाचघर जमलमा आयोजित यलम्बर सांस्कृतिक सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले एउटै मान्छे हुँदाहुँदै पनि मेरो भूमिका दुईवटा रहेको बताए छन् । उनले अहिले आफूलाई प्रचण्डबाट ‘पुष्पकमल दाहाल’ बनाउने प्रयास भइरहेको उनले बताएका छन् ।

उनले भने, ‘मलाई प्रचण्डभन्दा म सिंगै नेपालको छोरोजस्तो लाग्छ । ‘तर, मलाई पुष्पकमल दाहाल मात्रै भन्यो भने कहीँ न कहीँ फेरि पुरानै राज्यतिर, पुरानै समाजतिर, पुरानै संस्कृतितिर, पुरानै परम्परातिर फर्काउन बल गरिएको जस्तो महसुस हुन्छ ।’

प्रचण्डले रक्तपातपूर्ण राजनीति गरेरै आएको बताउदै अहिले आफुहरु रक्तपात विहिन राजनीति गरिरहेको बताए । उनले यो लडाइँ निकै लामो लडाइँ पनि हो र यो लडाइँ लड्ने क्रममा अहिले पनि हामी सम्पूर्णरुपले अधिकारसम्पन्न भइनसकेका बताए ।

उनले उत्पीडित वर्ग, उत्पीडित क्षेत्र, उत्पीडित जाति, लिंग समुदाय अहिले पनि सम्पूर्ण रुपले पहिचानयुक्त, अधिकारयुक्त भइसकेको स्थिति नभएको भन्दै अझै लडाइँ फेरि जारी रहेको बताए ।

मलाई प्रचण्डभन्दा म सिंगै नेपालको छोरोजस्तो लाग्छ भन्दै उनेल सबै जातजाति, क्षेत्र, लिंग, समुदाय उत्पीडनमा परेका सबै को पहिचान, सबैको अधिकार, न्याय, समानता र सबैको स्वतन्त्रताका निम्ति लडेको एउटा योद्धाको अनुभूति र गौरब हुने बताए । उनले भने,'मलाई पुष्पकमल दाहाल भन्दा एउटा जाति विशेषको असाध्यै सीमित र संकीर्ण घेराभित्रको पारिएको जस्तो महसुस हुन्छ । यो मैले धेरैपटक नेपाली जनताको सामु भनेको छु ।'

उनले अगाडी भने, 'मलाई कसैले प्रचण्ड भन्यो भने गर्ववोध पनि हुन्छ । यसमा मेरो असली भूमिका र जिम्मेवारीलाई उधृत गरिएको छ । मलाई पुष्पकमल दाहाल मात्रै भन्यो भने कहीँ न कहीँ फेरि पुरानै राज्यतिर, पुरानै समाजतिर, पुरानै संस्कृतितिर, पुरानै परम्परातिर फर्काउन बल गरिएको जस्तो महसुस हुन्छ ।' 

अहिले पनि पुरानो र नयाँको लडाइँ नटुंगिएको भन्दै उनले पुरानो संस्कार संस्कृति र राज्य सञ्चालन गर्नेहरुले मलाई पुष्पकमल दाहालभन्दा बढी एक शब्द पनि हुन दिन नचाहेको बताए ।प्रचण्डले किराती एउटा सभ्यता हो, किराती एउटा संस्कृति हो भन्दै किरातीविना अहिलेको काठमाडौं कल्पना पनि गर्न नसकिने बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै