हजयात्रीको टिकटमा हिनामिना गर्नेविरुद्ध मुद्धा दायर 

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजयात्रीका लागि हवाई टिकट खरीद गर्ने क्रममा अनियमिता गरेको भन्दै हज कार्यसम्पादन उपसमितिका पदाधिकारी तथा ट्राभल एण्ड टुर्सका सञ्चालक विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

हज समितिको सचिवालयले २०७४ जेठ ११ मा प्रकाशित सार्वजनिक सूचनाअनुसार रीतपूर्वक दर्ता हुन आएका बोलपत्रमध्ये कम अङ्कमा कबोल गर्नेलाई पाखालगाई बढी अङ्क पेश गर्नेसँग घुस लिई स्वीकृति दिएको भन्दै अख्तियारले उनीहरु विरुद्द आरोपपत्र दायर गरेको हो । 

अख्तियारले हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब, उपसमितिका सदस्य अताबुल अन्सारी, मोहम्मद ईब्राहिम राइन, महमद जबारदिन मियाँ, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, हजसमिति सचिवालयका सदस्यसचिव भीमराज पोखरेल, लेखापाल तीलकराज पन्त र हिना ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक दाउद हुसैनविरुद्ध जनही ३८ लाख बिगो माग दाबी गर्दै आरोपत्र दायर गरेको छ ।

ट्राभल्सले पेश गरेको बोलपत्र जमानतवापतको रु ३८ लाख जफत गर्नुपर्नेमा बोलपत्र जमानत तथा कार्यसम्पादन जमानतसमेत फुकुवा गरेर उनीहरुले मिलेमतोमा गैरकानूनी निर्णय कार्यान्वयन गरेर सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएको आयोगले जनाएको छ । 
 

सम्बन्धित समाचार

विद्यालयका प्रधानाध्यापकसहित ६ जना एक लाख घुससहित पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाको वडा न ३१ बेलवास्थित रहेको नेपाल राष्ट्रिय आधारभूत  विद्यालयका प्रधानाध्यापकसहित ६ जना घुस रकम लेनदेन गर्ने क्रममा रंगेहात पक्राउ परेका छन् । विद्यालयमा गणित विषयको शिक्षक नियुक्तिको

अदालतका ड्राइभर घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत सिराहाका हलुका सवारी चालक बृज मोहन यादवलाई घुससहित पक्राउ गरेको छ । ड्राइभर यादवले अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि सेवाग्राहीसँग एक

गण्डकी प्रदेशमा बढी भ्रष्टाचार हुने जिल्लामा कास्की पहिलो र तनहुँ तेस्रो

दमौली । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा

अख्तियारले माग्यो स्थानीय तहसँग गाडी किनेको कागजात

डोटी । जिल्लाका नौ वटा स्थानीय तहहरुले खरीद गरेका यातायातका साधनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयको ध्यान गएको छ । आफूखुशी यहाँका स्थानीय तहले धमाधम गाडी किनेको समाचार प्रकाशित तथा


z