• २०८१ बैशाख ६ बिहीबार

पाकिस्तानको खराब ब्याटिंग, अस्ट्रेलियाको सहज जित 

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको ३०८ रन पछाएको पाकिस्तान ४६.४ ओभरमा २६६ रन बनाउदा अल आउट भएपछि अस्ट्रेलियाले खेल ४१ रनले जितेको हो ।

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ५३ रन बनाए भने मोहमद हाफीजले ४६, कप्तान सरफराज अहमदले ४० र बबर आजमले ३० रन बनाए । त्यस्तै वाहब रियाजले ४५ रन बनाए भने हसन अलीले ३२ रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलर पाट कमिन्सले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै मिचेल स्टार्क र केन रिचार्डसनले २-२ विकेट लिए भने नाथन कुल्टर र कप्तान एरोन फिन्चले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुदै ३०७ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि कप्तान एरोन फिन्चसँग १४६ रनको साझेदारी गरेका वार्नर १०७ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान फिन्च ८२ रन बनाएर आउट भए ।

वार्नर र फिन्चपछि अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले भने धेरै रन बनाउन सकेनन् । एक समय अस्ट्रेलियाले ३५० रन कटाउने अवस्था देखिएकोमा पाकिस्तानका बलर खेलमा फर्किदै लगातार विकेट लिएका थिए । अस्ट्रेलियाका लागि शान मार्शले २३, एलेक्स केरी र ग्लेन म्याक्स वेलले २०-२० रन बनाए भने उसमान ख्वाजाले १८ र स्टिभ स्मिथले १० रन बनाए । त्यस्तै नाथन कुल्टर नील र पाट कमिन्स २-२ रन बनाएर आउट भए ।


डेभिड वार्नरको शतकीय पारी :

अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले शतकीय पारी खेलेका छन् । वार्नर १०७ रन बनाएर आउट भएका छन् । वार्नरले १०२ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा वार्नरको यो १५औ शतक हो । वार्नरले ११० एकदिवसीय खेल खेल्दै १५ शतक प्रहार गरेका हुन् ।

वार्नरको यो शतक यस विश्वकपको सातौ शतक हो । यस विश्वकपमा जोय रुट, जेसन रोय, शकिब अल हसन, जोस बटलर, रोहित शर्मा र शिखर धवनले शतक प्रहार गरेका छन् ।


 पाकिस्तानका बलर मोहमद आमीरले सर्वाधिक ५ विकेट लिए । आमीरले १० ओभरमा २ मेडनसहित २० रन दिएर ५ विकेट लिए । त्यस्तै शाहीन शाह अफ्रिदीले २ विकेट लिए भने हसन अली, वहाब रियाज र मोहमद हाफिजले एक एक विकेट लिए । शतकीय पारी खेलेका अस्ट्रेलियाका डेभिड वार्नर खेलको प्लेयर अफ द म्याच बनेका थिए  

यो जितसँगै प्रतियोगितामा अस्ट्रेलियाले चार खेलमा तेस्रो जित हासिल गर्दै ६ अंक बनाएको छ भने पाकिस्तान चार खेलमा एक जित, २ हार र एक बराबरीसहित ३ अंक हासिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै