• २०८१ बैशाख १३ बिहीबार

झापामा डेंगु सङ्क्रमित बिरामी फेला

kharibot

सुरुङ्गा । झापामा डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा छ जना डेंगु सङ्क्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ ।

बिर्तामोडस्थित पूर्ण टुङ्ग विर्ता सिटी अस्पतालमा छ जना डेंगु सङ्क्रमित बिरामीको  उपचार भइरहेको र तीमध्ये तीन जना झापाका डेंगु सङ्क्रमित बिरामी रहेको अस्पतालका मेडिकल निर्देशक डा अनिल बस्नेतले जानकारी दिए । डा बस्नेतका अनुसार बिर्तामोड नगरपालिकाका दुई र अर्जुनधारा नगरपालिकाका एक जनासहित धरानका तीन जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । 

भद्रपुर नगरपालिकामा समेत एक जना डेंगु सङ्क्रमित रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय भद्रपुरका अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । दमकमा समेत दुई जना डेंगु रोग सङ्क्रमित बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । 

डेंगुको सङ्क्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको थियो । दुई हजारबढीमा यो रेगको सङ्क्रमण देखिएको रोगलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै