दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान

खरीबोट

जोहन्सबर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ ।

देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उहाँमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनको प्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता भएको आरोप उनीमाथि लागेको छ ।

राष्ट्रपतिका रूपमा रामाफोसा गत महिना मात्रै पुनः निर्वाचित भएका थिए । उनी सन् १९९९ मा पनि नेल्सन मण्डेलापछि राष्ट्रपति हुने अपेक्षा गरिएको थियो । तर अन्तिम समयमा थाबो एम्बेकी राष्ट्रपतिमा चयन भएका थिए ।

रामाफोसा रङ्गभेदविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९७४ र १९७६ मा थुनिएका थिए । त्यसैगरी उनी सन् १९९० मा नेल्सन मण्डेलालाई थुनामुक्त गर्न तयारीका लागि गठित समितिका अध्यक्ष पनि बनेका थिए ।

लामो र कठोर राजनीतिक सङ्घर्ष गर्नु भएका रामाफोसाले राष्ट्रपति बनेपछि भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए पनि अहिले आफै भ्रष्टाचार गरेको अभियोगमा फसेका छन् ।
 

सम्बन्धित समाचार

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान

जोहन्सबर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ । देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उहाँमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनको प्रचार प्रसार कोषका लागि एक

५२ टेस्ट र २४५ एकदिवसीय खेलेका दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी डीपीएलका सद्भावना दूत

धनगढी / यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त भएका छन् । दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय

दक्षिण अफ्रिकी लिजेण्ड क्रिकेटर जोन्टी रोड्स काठमाडौँमा 

काठमाडौँ। दक्षिण अफ्रिकी लिजेण्ड क्रिकेटर जोन्टी रोड्स काठमाडौँ आएका छन्। क्रिकेटमा आफ्नो फिल्डिङले चिनिने रोड्स नेपालमा दुई साताका लागि काठमाडौँ आएका हुन्। काठमाडौँ रातो पुल स्थित इन्डोर क्रिकेट एकेडेमी नेपाल क्रिकेट स्कुलको

दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नेपाल आउदै 

काठमाडौँ। दक्षिण अफ्रिकी लिजेण्ड क्रिकेटर जोन्टी रोड्स आगामी अक्टोबरमा नेपाल आउने भएका छन्। क्रिकेटमा आफ्नो फिल्डिङले चिनिने रोड्स अक्टोबर २२ देखि नोभेम्बर ७ सम्मका लागि नेपाल आउदै छन् । काठमाडौँ रातो पुल


z