• २०८१ बैशाख ८ शनिबार

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान

kharibot

जोहन्सबर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ ।

देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उहाँमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनको प्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता भएको आरोप उनीमाथि लागेको छ ।

राष्ट्रपतिका रूपमा रामाफोसा गत महिना मात्रै पुनः निर्वाचित भएका थिए । उनी सन् १९९९ मा पनि नेल्सन मण्डेलापछि राष्ट्रपति हुने अपेक्षा गरिएको थियो । तर अन्तिम समयमा थाबो एम्बेकी राष्ट्रपतिमा चयन भएका थिए ।

रामाफोसा रङ्गभेदविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९७४ र १९७६ मा थुनिएका थिए । त्यसैगरी उनी सन् १९९० मा नेल्सन मण्डेलालाई थुनामुक्त गर्न तयारीका लागि गठित समितिका अध्यक्ष पनि बनेका थिए ।

लामो र कठोर राजनीतिक सङ्घर्ष गर्नु भएका रामाफोसाले राष्ट्रपति बनेपछि भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए पनि अहिले आफै भ्रष्टाचार गरेको अभियोगमा फसेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै