• २०८१ बैशाख ८ शनिबार

इम्ब्रहिमोविच अमेरिकाको एमएलएस लिगका महंगा खेलाडी

kharibot

काठमाडौँ । स्विडेनका फुटबलर जलाटन इम्ब्रहिमोविच अमेरिकाको एमएलएस लिगका महंगा खेलाडी बनेका छन् ।

हाल अमेरिकामा दोस्रो बर्ष खेलिरहेका इम्ब्रहिमोविचको २०१९ को बार्षिक पारिश्रमिक ७.२ मिलियन डलर भएसँगै उनी एमएलएसमा अहिलेसम्म कै धेरै पारिश्रमिक पाउने खेलाडी बनेका हुन् । एमएलएसमा यस अघि सेबासटियन जियोभिन्कोलाई ७.१ मिलियन डलर पारिश्रमिक दिइएको थियो ।

३७ बर्षिय इब्रहिमोविच सन् २०१८ मा म्यानचेष्टर युनाइटेड छोडेर एमएलएस क्लब एलए ग्यालेक्सी आएका थिए । उनको यस बर्ष १.९ मिलियन पारिश्रमिक बढेपछि उनी लिगकै महँगो खेलाडी बनेका हुन् ।

इब्राहिमोविचले एमएलएस लिगमा ३९ खेलमा ३३ गोल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

आकर्षक पारिश्रमिक पाउन थालेपछि अहिले खेलाडीहरुको एमएलएस लिग प्रति आकर्षण बढिरहेको छ । युरोपका ठुला लिगहरुबाट विस्तारै खेलाडी अमेरिकन लिगमा जाने क्रम बढिरहेको छ । पछिल्लो समय डेभिड बेह्कमले बार्सिलोनाका फरवार्ड लुइस स्वरेजलाई पनि अमेरिकामा खेल्न अफर गरेको मिडिया रिपोर्ट आएको थियो ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै