आँखुखोला हाइड्रोपावरको ड्याम खोल्दा एक युवती बेपत्ता

खरीबोट

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् ।

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् । आँखुखोला हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी दिए ।

जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए । पाँच सय बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै स्थानीयवासीले वारिपारि गर्न बनाएको काठेपुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने उनले बताए । बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताएका छन् ।

सम्बन्धित समाचार

आँखुखोला हाइड्रोपावरको ड्याम खोल्दा एक युवती बेपत्ता

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई

अपर तामाकोशी हाइड्रोपावरको शेयर बाँडफाँट

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडकोे सामूहिक लगानी कोष र सर्वसाधारणको लागि खुला गरिएको शेयरको लागि आवेदन प्राप्त भई बाँडफाँट गरिएको छ।  नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व तथा सन्राइज क्यापिटल

पाँचथरका निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर । पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर तिरेका छैनन् । जिएन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने

लाओसमा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता

बैंकक । दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता भएका छन् ।  घटनामा परी मृत्यु हुनेहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।  अत्यधिक वर्षासँगै


z