• २०८१ बैशाख ६ बिहीबार

अमिताभ बच्चनले तिरिदिए २१ सय किसानको ऋण

kharibot

मुम्बई । बलिवुडका महानायक अभिनेता अमिताभ बच्चन ७६ बर्षको उमेरमा पनि युवा अभिनेताहरु भन्दा  व्यस्त रहेका छन् । अमिताभको बलिवुडमा जति अभिनयको चर्चा हुने गर्दछ त्यति नै उनको समाजको कामको पनि चर्चा हुने गर्दछ ।

यसै बीच अमिताभले बिहारका २१ सय किसानको बैंको ऋण तिरिदिएका छन् । यस बारेमा जानकारी दिदै अमिताभले आफ्नो ब्लगमा लेखेका छन् ।

'किसानसँग गरिएको बाचा पुरा भएको छ । बिहारका २१ सय किसानको बाँकी रहेको बैंकको ऋण वान टाइम सेटलमेन्ट अनुसार उनीहरुको ऋणको भुक्तानी गरिएको छ । उनीहरुमध्ये केहिलाई बोलाएर अभिषेक र स्वेताको हातबाट उनीहरुलाई व्यक्तिगत तवरमा दिएको छु ।'

अमिताभले यस अघि उत्तर प्रदेशका एक हजार किसानको ऋण तिरिदिएका थिए ।

साथै अमिताभले अब शहिदका परिवारलाई केहि सहयोग गर्ने समेत जानकारी दिए ।

फिल्ममा भने हालै उनको बदला रिलिज भएको थियो भने फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो भने अब रणबीर कपुर, आलिया भट्टसँग फिल्म ब्रह्मश्त्र आउदै छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै