समाजवादी पार्टी आज निर्वाचन आयोगमा दर्ता हुदै 

खरीबोट

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई बनेको समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ । 

वैशाख २३ गते एकता घोषणा भएको समाजवादी पार्टी, नेपाललाई दर्ता गराउन आज बिहान साढे ११ बजे निर्वाचन आयोग जाने पार्टी जानकारी दिएको छ । 

एकीकृत पार्टीको झण्डा पूर्वफोरम नेपालकै हुनेछ भने चुनाव चिन्हपछि बुझाउने भएको छ । २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराउने तयारी समाजवादी पार्टीले गरेको छ । 

केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका छन् । वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेणुकुमार यादव, लालबाबु राउत, महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव रहेका छन् ।

त्यस्तै उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् । 

सम्बन्धित समाचार

सांसद प्रदीप यादव समाजवादी पार्टीबाट ६ महिनाका लागि निलम्बित

काठमाडौं । समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन गरेको छ ।  लात्भियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएको भन्दै उनलाई निलम्बन गरिएको हो । गत मे महिनामा

समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भइ बनेको समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा दर्ता गरिएको छ । निर्वाचन आयोगमा दलको नाम मात्र दर्ता गरिएको

समाजवादी पार्टी आज निर्वाचन आयोगमा दर्ता हुदै 

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई बनेको समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।  वैशाख २३ गते एकता घोषणा भएको समाजवादी

‘संविधान संशोधन नभए सडक आन्दोलन’

बाँके । समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने बताएका छन् । पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई नेपालगञ्जमा सम्बोधन


z