को हुन् रियल म्याड्रिडले साइन गरेका फेरल्याण्ड मेंडी ?

खरीबोट

 काठमाडौँ । रियल म्याड्रिडले फ्रान्सका लेफ्ट ब्याक फेरल्याण्ड मेंडीलाई ६ बर्षका लागि साइन गरेको छ । इडेन हजार्ड, लुका जोभिकपछि म्याड्रिडले आउदो सिजनका लागि तेस्रो साइन गरेको हो ।

मेंडीलाई रियल म्याड्रिडले ५४ मिलियन डलर कह्र्च गरेर फ्रेन्च क्लब लियोनबाट भित्र्याएको हो ।

निकै तारिफ गरिएका २४ बर्षिय मेंडीले रियलमा ब्राजिलियन मार्सेलोको ठाउ लिन सक्ने बताइएको छ । मेंडीलाई क्लब १९ जुनमा क्लबमा प्रस्तुत गर्ने बताएको छ ।

२०१७ मा लियोनबाट खेलेका मेंडीले लियोनमा दुई सिजनमा ७९ खेल खेल्दै ३ गोल गरेका छन् भने यस सिजनमा लियोनलाई फ्रेन्च लिगमा तेस्रो बनाउन ठुलो भूमिका खेलेका थिए ।

त्यस्तै फ्रान्सको राष्ट्रिय टिमका लागि भने ३ खेल मात्र खेलेका छन् ।                           

सम्बन्धित समाचार

गोलकिपर केलोर नाभासले रियल म्याड्रिड छोडे

काठमाडौँ । रियल म्याड्रिडमा ६ सिजन खेलेका गोलकिपर केलोर नाभासले रियल म्याड्रिड छोडेर पिएसजी गएका छन् । कोस्टारिकाका ३२ बर्षिय गोल किपरले रियल म्याड्रिडमा लगातार खेल्ने अवसर नपाएपछि पिएसजीमा लोनमा गएका

रियल म्याड्रिडका ६ खेलाडी घाइते 

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड सिजनको सुरुवातमा ६ जना खेलाडी घाइते हुने दबाबमा परेको छ । बार्सिलोनाका प्रमुख खेलाडी घाइते भैरहेका बेला रियलका खेलाडीहरु पनि घाइते हुने क्रम जारी रहेको

भल्लाडोलिडसँग रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल भल्लाडोलिडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । म्याड्रिडका लागि करिम बेन्जमाले खेलको ८२औ मिनेटमा

लुकाकुको पिडा : म्यानचेस्टर युनाइटेडमा मलाई ‘कलप्रिट’ बनाइयो

काठमाडौँ । इटालियन क्लब इन्टरमिलान गएका बेल्जियमका स्टार फुटबलर रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेडले आफुलाई संरक्षण नगरेको आरोप लगाएका छन् । इन्टरसँग नयाँ सम्झौता गरेपछि लुकाकुले युनाइटेडमा हारको दोष आफु माथि लगाइएको


z