इञ्जिनीयर श्रेष्ठ घुससहित पक्राउ

खरीबोट

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ ।

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले  झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिए ।

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार

शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख (शाखा अधिकृत) लाई घुस सहित पक्रुआ गरेको छ । इकाई प्रमुख धन बहादुर वलीले शिक्षक सरूवा

प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ

धरान । घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । उनलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग

जिल्ला अदालत बाराका डिठ्ठा घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कलैया,बाराका डिठ्ठा ( खरिदार) लाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले खरदार सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नु

वडाका कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नं.-९ वडा कार्यालय, गौशालाका कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले कार्यलय सहयोगी गोविन्द खड्काले सेवाग्राहीले व्यवसाय सञ्चालन गरे बापत


z