कारले मोटरसाइकललाई ठक्कर दिँदा सैनिकको मृत्यु

खरीबोट

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको र सोही क्रममा उनको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार

हेटौँडाको बजेट एक अर्ब ८१ करोड

मकवानपुर / मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो । उपमहानगरपालिकाका

मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु, एक घाइते

हेटौँडा । चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६

मकवानपुरमा दुईवटा ट्रकमा आगजनी, बुद्धचोकमा बम फेला

हेटौँडा । नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको

मकवानपुरमा एक सय २० किलो गाँजासहित दुई पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२० किलोग्राम लागुऔषध गाँजासहित दुईलाई पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयले लागुऔषध गाँजासहित ना३ख ३७१५ नंको ट्रक, ट्रकचालक तथा


z