• २०८१ बैशाख ७ शुक्रबार

असार १ गते बजेट प्रस्तुत गर्दै प्रदेश ३

kharibot

मकवानपुर । प्रदेश नं ३ सरकारले आर्थिक वर्ष (२०७६÷०७७) बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो ।

सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत पूर्वाधार निर्माणलाई बजेटमा विशेष प्राथमिकता दिइएको मन्त्री ढुङ्गेलले जानकारी दिए ।

प्रदेशसभाको बैठक जेठ ३१ गते

प्रदेश नं ३ प्रदेशसभा सचिवालयले प्रदेशसभाको चौथो अधिवेशन जेठ ३१ गते अपराह्न २ बजे बस्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै