• २०८१ बैशाख ४ मंगलबार

एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु, सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने

kharibot

काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ । काठमाडौंको पाँच तारे होटलमा सुरु भएको उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले आज गरेकी छिन् ।

असोज ३१ गते मंगलबारसम्म सञ्चालन हुने उक्त सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदका लागि हाल जमुना गुरुङ, टिबी कार्की र भवन भट्ट प्रतिस्पर्धामा आएका छन् । वर्तमान अध्यक्ष शेष घले हुन् । नेपालको सामाजिक तथा आर्थिक विकास सहयोग पु¥याउने उद्देश्यले एनआरएनए २००३ मा स्थापना भएको हो ।

आजको उद्घाटन सत्रमा सभामुख ओन्सरी घर्तीमगर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.गोविन्दराज पोखरेल,नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपाल, वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे र नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालका लगानी, पूर्नर्निर्माण, योजनालगायतका विषयमा भनाइ राख्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै