महासंघ र मेडेफ इन्टरनेशनलबीच पेरिसमा सहमतीपत्रमा हस्ताक्षर

खरीबोट

काठमाडौ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेशनल बीच पेरिसमा एक सहमतीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल तथा फ्रान्सबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफ बीच सहमतीपत्रमा हस्ताक्षर भएको हो । 

प्रधानमन्त्रीको फ्रान्सको उच्चस्तरीय भ्रमणका अवसरमा नेपाली समय अनुसार गए राती सम्पन्न सो सहमतीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका छन् । महासंघ र मेडेफ बीच यस अघि पनि निरन्तर सहयोग एवं सहकार्य हुदै आएको छ ।

आपसी सहमतीपत्रमा, एक अर्का देशमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यवसायिक क्षेत्र बीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियमहरू आदान प्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ । 

समारोहमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट महासंघ र मेडेफ इन्टर नेशनल बीच सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएकोमा दुवै संस्थालाई बधाई दिदै यो सहमती दुई देश बीच आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास प्रकट गरे । फ्रान्सेली उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको समेत बाक्लो उपस्थिति रहेको सो उच्चस्तरीय व्यवसायिक भेटवार्ता कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरे । साथै उनले स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका विषयमा समेत स्पष्ट पारे । 

उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी भएका मन्त्रीहरू, फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी, नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा“ जाभिएर लेजेर महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष राणाले महासंघ र मेडेफ बीच सम्पन्न सम्झौताले आगामी दिनमा नेपाल फ्रान्स बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा अझ बढी सहयोग पुग्ने विश्वास प्रकट गरेकी थिइन् ।  

नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रुपमा उनीहरूको क्षमता विस्तारमा समेत यो सहमती कोशेढुंगा हुने दावी गर्दै अध्यक्ष राणाले सहमतीपत्रमा उल्लेख गरिएका दफाहरूलाई अक्षरश कार्यान्वयन गर्न महासंघको प्रतिवद्धता समेत जनाएकी थिइन् ।

अध्यक्ष राणाले नेपाललाई यतिखेर वाह्य लगानीको आवश्यकता रहेको, लगानीका लागि अत्यन्त अनुकुल समय समेत रहेकाले लगानीका लागि आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न महासंघले सशक्त भूमिका निर्वाह गर्ने समेत फ्रान्सेली उद्यमी व्यवसायीहरूलाई विश्वास दिलाएकी थिइन् । 

उच्चस्तरीय औपचारिक भेटवार्तामा नेपाल फ्रान्स बीच दुई पक्षीय लगानी, प्रविधि हस्तान्तरण, केवुलकार, पर्यटन पूर्वाधार, जडीबूटी प्रशोधन लगायतका क्षेत्रमा संयुक्त लगानीका लागि आग्रह समेत गरियो ।
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीलाई पत्रकारहरुको हस्ताक्षर बुझाईयो

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष

समृद्धि, सभ्यता र शान्तिका लागि योगध्यान आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताएका छन् । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज

ओली र प्रचण्डबीच छलफल, शनिवार सचिवालय बैठक बस्ने 

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बुधबार करिब दुई घण्टा लामो छलफल गरेका छन् । छलफलपछि दुवै नेता नेताहरु असार ७ गते सचिवालय बैठक बोलाउन सहमत भएका छन्

सरकारी निकायबाट नै असहयोग गर्ने काम भयो- प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायबाट नै सरकारलाई असहयोग गर्ने र जनतामा निराशा छर्ने काम भएको बताएका छन् । बुधबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिका ४५औँ बैठकमा प्रधानमन्त्री


z