• २०८१ बैशाख ८ शनिबार

भारतीय प्रधानमन्त्री मोदी कजाकिस्तानमा

kharibot

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन् । उनी साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ गएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएको थिए । उनी एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लागेका हुन् । गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी गएका थिए ।

भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल भएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ ।

एससिओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै