• २०८१ बैशाख ५ बुधबार

प्रभास र श्रद्धा अभिनित साहोको टिजर सार्वजनिक

kharibot

मुम्बई । बाहुबली फेम प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको टिजर सार्वजनिक भएको छ ।

विहिबार सार्वजनिक भएको टिजरमा साहो एक्सन थ्रिलर फिल्म रहेको देखिएको छ । केहिसमय अघि अभिनेता प्रभास र अभिनेत्री श्रद्धाको पोष्टरमा पनि फिल्ममा भरपुर एक्सन रहेको बुझिएको टिजर हेर्दा पुष्टि भएको छ ।

आगामी अगष्ट १५ मा रिलिज हुने साहो हिन्दी भाषासहित तमिल र तेलेगुमा पनि बनेको छ भने फिल्मलाई सुजिथले निर्देशन गर्दैछन् ।

यस फिल्मको पहिलो टिजर यहि जुन १३ अर्थात विहिबार आउदै छ ।

यस बर्षको सर्वाधिक प्रतिक्षित फिल्म मध्येको एक साहोमा रोमान्स र एक्सनको थ्रिलर रहेको बताइएको छ । भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिएका छन् ।

फिल्मको लागत साढे २ सय करोड रहेको छ भने फिल्मलाई टी-सिरिज, धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् ।

प्रभासको बाहुबलीको दुई सिरिजपछि पहिलो फिल्म भएकाले यो फिल्मको राम्रो हाइप रहेको फिल्म विश्लेषकहरुले बताएका छन् ।

फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, महेश मंजेरकर, अरुण विजयलगायतका कलाकारको अभिनय रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै