• २०८१ बैशाख ८ शनिबार

कर्जा प्रवाह असन्तुलित : किसानलाई ३१ अर्ब, शिक्षित युवाहरुलाई ५५ लाख मात्र !

kharibot

काठमाडौं । मुलुकको ‘आर्थिक समृद्धि’का नारालाई सहयोग पुग्ने उद्देश्यले सरकारले अघि बढाएको सहुलियत कर्जा कार्यक्रम प्रभावकारी भएको देखिदैन । सरकारको चाहना अनुरुप अर्थ मन्त्रालयले ७ वटा शीर्षकमा नागरिकहरुलाई कर्जा प्रवाह गर्ने योजना बनाएको थियो । मन्त्रालयले बनाएको कार्यविधी अनुसार ७ वटा शीर्षकमा कर्जा प्रवाह गर्न तय गरेको थियो तर चालु आर्थिक वर्षको वैशाखमसान्तसम्म कर्जा प्रवाह उत्साहजनक देखिदैन ।

नेपाल राष्ट्र बैंकले आफू अन्तर्गतका विभिन्न निकायबाट वैशाखमसान्तसम्म ३१ अर्ब ७२ करोड ८४ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २७ अर्ब ६४ करोड ८८ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । १० महिनाको समयमा ३१ अर्ब कर्जा प्रवाह गरेको राष्ट्र बैंकलाई अबको दुई महिनाको समयमा २७ अर्ब कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ जुन पछिल्लो तथ्यांकलाई हेर्दा सम्भव देखिदैन । 

किसानहरुले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ३१ अर्ब ४६ करोड ७९ लाख ७१ हजार रुपैयाँ कर्जा लिदाँ बेरोजगार युवाहरुले शिक्षित युवा स्वरोजगार कर्जा ५५ लाख रुपैयाँ मात्र लिएका छन् । १५ हजार ३६ जना किसानले ३१ अर्ब रुपैयाँ कर्जा लिदाँ  तथा १० जना बेरोजगार युवाहरुले ५५ हजार रुपैयाँ मात्र कर्जा प्राप्त गर्न सफल भएका छन् । सरकारको निर्देशन अनुरुप राष्ट्र बैंकले विभिन्न निकाय मार्फत् किसानहरुका लागि अझै २७ अर्ब ४२ करोड २७ लाख ३९ हजार रुपैयाँ तथा बेरोजगारका लागि ४५ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी छ । 

यस्तै दलित तथा वैदेशिक रोजगारमा गएर फर्किएका युवाहरुले पनि पर्याप्त मात्रामा कर्जा प्राप्त गर्न सकेका छैनन् । दलितहरुले १ करोड २० लाख ८ हजार रुपैयाँ लिदाँ वैदेशिक रोजगारमा फर्किएकाले १ करोड ४४ लाख रुपैयाँ कर्जा लिएका छन् । उनीहरुले अर्थात् दलितका लागि १ करोड ८ लाख ९३ हजार रुपैयाँ तथा रोजगारबाट फर्किएकाहरुलाई १ करोड ३१ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ राष्ट्र बैंकले ।

महिला उद्यमशील कर्जा १९ करोड ७१ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १७ करोड ९ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । 

उच्च र प्रावधिक तथा व्यवसायीक शिक्षा कर्जा १ करोड ६३ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह भएको छ भने १ करोड ४३ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । यस्तै २०७२ वैशाख १२ को भूकम्प जाँदा पिडितहरुले समेत निजी आवास निर्माणको कामले पूर्णता प्राप्त नगर्दा सरकारले कर्जा प्रवाह गरेको छ । 

भूकम्प गएको पाँचवर्षको अन्तरालमा पनि राष्ट्रिय पूनः निर्माण प्राधिकरणले पूनः निर्माणलाई प्राथमिकता नदिदाँ भूकम्प पिडितहरुले राहत स्वरुप पक्की घर प्राप्त गर्न सकेका छैन । सरकारको निर्देशन अनुरुप राष्ट्र बैंकले १ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ करोड ३० लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ ।  

सहूलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी २०७५ अनुसार राष्ट्र बैंकले आफू अन्र्तगतका विभिन्न निकायहरुबाट कर्जा प्रवाह गरेको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक , ‘ख’ वर्गका विकास बैंक तथा ‘ग’ वर्गका वित्त कम्पनीहरुबाट कर्जा लिएका हुन् ।

वित्तिय संस्थाहरुले वितरण गरेको कर्जा 

‘क’ वर्गका वाणिज्य बैंकहरुले २९ अर्ब ६८ करोड ५८ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २५ अर्ब ८३ करोड ३७ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । ‘ख’ वर्गका विकास बैंकहरुले १ अर्ब ९६ करोड ६१ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ अर्ब ७४ करोड ९ लाख ४७ हजार कर्जा प्रवाह गर्न बाँकी रहेको छ । ‘ ग’ वर्गका वित्त कम्पनीहरुले ७ करोड ६४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ७ करोड ४० लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । 

कर्जा प्रवाहको स्थिति 

व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा ‘क’ वर्गका वाणिज्य बैंकबाट २९ अर्ब ४३ करोड ४३ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २५ अर्ब ६१ करोड ६४ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । ‘ख’ वर्गका  विकास बैंकहरुले १ अर्ब ९५ करोड ८१ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने १ अर्ब ७३ करोड ३१ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ ।

यस्तै ‘ग’ वर्गका वित्त कम्पनीहरुले ७ करोड ५५ लाख रुपैयाँ प्रवाह गरेको छभने ७ करोड ३१ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी छ ।

शिक्षित युवा स्वरोजगार कर्जा ‘क’ वर्गका वाणिज्य बैंकले ५५ लाख रुपैयाँ प्रवाह गरेको छ भने ४५ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी छ । ‘ख’ वर्गका विकास बैंक तथा ‘ग’ वर्गका वित्त कम्पनीहरुले युवाहरुलाई कर्जा प्रवाह गनुपर्ने तथा कर्जा प्रवाह गर्न बाँकी नभएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

विदेशबाट फर्केका युवा परियोजना कर्र्जा ‘क’ वर्गका वाणिज्य बैंकहरुले १ करोड ४४ लाख रुपैयाँ प्रवाह गरेको छ भने १ करोड ३१ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । यस्तै  विकास बैंक र वित्त कम्पनीहरुले कर्जा प्रवा तथा कर्जा प्रवाह गर्न बाँकी रकम शून्य रहेको छ । 

महिला उद्यमशीलतर्फ वाणिज्य बैंकले १९ करोड ४१ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १६ करोड ७० लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । यस्तै विकास बैंकले २९ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २९ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । 

दलित समुदाय व्यवसायतर्फ वाणिज्य बैंकले  ९७ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ८७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । विकास बैंकले १२ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ११ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको देखिन्छ । 

उच्च प्रावधिक तथा व्यवसायिक शिक्षातर्फ वाणिज्य बैंकले १ करोड ४३ लाख ६६ हजार रुपैयाँ प्रवाह गरेको छ भने १ करोड २३ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । विकास बैंकले २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १९ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । 

भूकम्प पिडितहरुको निजी आवास निर्माणका लागि वाणिज्य बैंकले १ करोड ३३ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ करोड १३ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ । विकास बैंकले १७ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १६ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहलाई लिएर चासो नदिदाँ सर्वसाधारणले यस विषयमा जानकारी पाउन नसकेको गुनासो गर्दै आएका छन् । 

कर्जा लिनेहरुको स्थिति

सरकारले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म, शिक्षित यूवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म, महिला उद्यमशिलता कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म र भुकम्पपीडित निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँसम्म पाउने व्यवस्था गरेको छ ।

कर्जा लिनेहरुमा सबैभन्दा बढी व्यवसायिक कृषिका लागि छन् भने कम शिक्षितयुवार स्वरोजगार कर्जा लिने छन् । व्यवसायिक कृषिका लागि १५ हजार ५ सय ४७ जनाले ऋण लिएका छन् भने शिक्षित युवा स्वरोजगारतर्फ १० जना ऋणी रहेका छन् । विदेशबाट फर्केका युवा परियोजना कर्जा २१ जना, महिला उद्यमशील कर्जा ३१५ जना, दलित समुदाय व्यवसाय विकास कर्जा २१ जना , उच्च र प्रावधिक तथा व्यवसायिक शिक्षा कर्जा ५८ जना भुकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा ५१ जनाले लिदाँ कुल १६ हजार २३ जनाले ऋण लिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै