प्रतिनिधिसभामा गुठी विधेयकको बचाउ र विरोध

खरीबोट

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले गुठी विधेयकको बचाऊ र  विपक्षले विरोध जनाएका छन् । नेपालमा राज गुठी, सार्वजनिक गुठी र निजी निजी गुठी रहेकामा ती गुठीका  जमीनलाई व्यवस्थापन गर्न राष्ट्रियसभामा केही दिन पहिले सो विधेयक दर्ता गरिएको थियो ।

विशेष समयमा सत्तापक्षका सांसदले विधेयक संविधानको धारा २९० बमोजिम आएको सो विधेयकमा जमीनको मालिक गुठी संस्थान नभई जनतालाई बनाउन लागिएको बताएका थिए भने प्रतिपक्षीले सो विधेयक धर्म, परम्परा, रीतिरिवाज र संस्कारलाई अवमूल्यन गर्न ल्याएको आरोप लगाएका थिए । नेपालमा सबै प्रकारका गरी कुल चार लाख चार हजार ९९० रोपनी गुठी जमीन छ । हाल गुठी जमीनको मालिक गुठी संस्थान र जग्गा कमाउने व्यक्ति मोहीका रुपमा रहेका छन् । गुठी जमीन खनजोत गर्दै आएका निजी गुठीका मोहीको जग्गा रैतानी गर्ने कार्य २०६५ सालदेखि रोकिएको छ । जमीन रैतानी नभएकाले नै गुठी जग्गा बैंक तथा वित्तीय संस्थानले धितो स्वीकार गर्दैनन् ।   

विशेष समयमा बोल्ने अधिकांश सांसदले लोकसेवा आयोगले गरेको विज्ञापन स्थगन गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशन अटेर गरेको आरोप लगाएका थिए । आयोगले केही दिनपहिले नौ हजार १६१ व्यक्तिको विज्ञापन गरेको थियो ।  विशेष समयमा बोल्ने केही सांसदले कैलाली र कञ्चनपुर जिल्लामा आएको हावा र हुरीले ठूलो मात्रामा धनजनको क्षति पु¥याएकाले त्यहाँका जनतालाई क्षतिपूर्ति दिनुपर्ने, सहकारीमा जम्मा भएको कालो धन खोजी गर्नुपर्ने, संविधान संशोधन प्रक्रिया थालनी गर्नुपर्ने र विभिन्न जिल्लामा नदी नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

विशेष समयमा कृष्णभक्त पोखरेल, दिव्यमणि राजभण्डारी चन्द्रकान्त चौधरी, प्रदीप यादव, विनादेवी बुढाथोकी, विष्णु शर्मा, नारदमुनि राणा, उमाशङ्कर अरगरिया र प्रेम सुवालले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।  बैठकमा गृहमन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगन भएको छ । काँग्रेसले शुरु गरेको दोस्रो चरणको ‘जागरण अभियान’का क्रममा बाँकेको खजुरामा भदौ २६ गते नेपाल

अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए

प्रतिनिधिसभाको विशेष समयको विषय विश्व विद्यालयको अनियमितता 

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा काठमाडौँ उपत्यकाको सडकको अवस्था, विश्व विद्यालयका पदाधिकारीको नियुक्ति, कर्मचारी भर्नामा समानुपातिक र समावेशी सिद्धान्तलगायतका विविध विषयबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।  बैठकमा सांसद कृष्णगोपाल


z