• २०८१ बैशाख ८ शनिबार

सनी लियोनी अभिनित नेपाली फिल्म पासवर्डको आइटम गीत सार्वजनिक 

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री सनी लियोनी फिचर्ड नेपाली चलचित्र पासवर्डको गीत सार्वजनिक भएको छ । लण्डनमा छायांकन गरिएको यो गीतका लागि महंगो बजेट खर्च गरिएको छ । चलचित्रमा समावेश हुने ‘सनी हो नाम मेरो’ बोलको गीतमा सनीले नृत्य गरेकी छिन् भने कोरियोग्राफर बिष्णु देभाले गीतको निर्देशन गरेका छन् ।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा दुर्गा खरेलको स्वर रहेको छ ।

सनीले यो गीतका लागि २ करोड भारतीय रुपैयाँमा संझौता गरेको निर्माणपक्षले बताएको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा सनीको माग अनुसार नै गीत तयार पारिएको हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।

एक्सन र थ्रिलर कथामा चलचित्र बनेको छ । चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै