• २०८१ बैशाख ८ शनिबार

अन्तिम दिन पनि घटेर नै रोकियो नेप्से

kharibot

काठमाडौ । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से घटेको छ । नेप्से आज दुई दसमलव ९२ अंकले घटेर १२ सय ६९ दसमलव ५५ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ५४ अंकले घटेर दुई सय ७१ दसमलव ८१ बिन्दुमा झरेको छ ।

एक सय ७० कम्पनीहरुको छ हजार पाँच सय ४८ वटा कारोवारमा १४ लाख २३ हजार छ सय ८७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४५ करोड ६५ लाख छ हजार नौ सय ४५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचकमा चार दसमलव १९ अंकले सुधार देखिए पनि बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव नौ अंकले घटेर ११ सय ३५ दसमलव सात बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक पनि तीन दसमलव सात अंकले घटेर १५ सय ९८ दसलव ७७ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि पाँच सय ९३ अंकले घटेर १२ सय दसमलव ७९ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक २३ दसमलव १८ अंकले घटेर पाँच हजार तीन सय ७९ दसमलव १९ बिन्दुमा झरेको छ । यसबाहेक फाईनान्स, जीवन बीमा, उत्पादमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको अरुण खोला जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ २६ पैसाले बढेर ८० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ६७ पैसाले घटेर पाँच सय ९१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय ७३ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ६८ लाख २७ हजार पाँच सय ९३ रुपैयाँको सेयर किनबेच भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै