काँग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान

खरीबोट

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गरेका छन् । 

डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७ तारिखसम्म हुने मेलामा सहभागी हुन काँग्रेस उपसभापति निधिसहितका नेताहरू त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

डेनिस इन्स्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी (डिआइपिडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कँग्रेस उपसभापति निधिसहित नेता डा मीनेन्द्र रिजाल, चित्रलेखा यादव र विनोद भट्टराई त्यसतर्फ लागेका हुन् । 

प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभवबारे अध्ययन भ्रमणका सहभागीहरूलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ । 

डिआइपिडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको दलहरूको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।

प्रजातन्त्र मेलामा सहभागीपछि उपसभापति निधिसहितका नेताहरू विश्वभर छरिएर रहेका नेपाली काँग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुने छन् । विभिन्न ३३ देशका महाधिवेशन प्रतिनिधिको सहभागितामा उक्त कार्यक्रम डेनमार्कमै हुनेछ । 

कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र यसको नेपालमा पर्ने प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एशिया र नेपाल, समाजवादमा युरोप अनुभव विषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ । 
 

सम्बन्धित समाचार

काँग्रेसको भ्रातृ संस्थाको भद्रगोल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा व्यस्त रहेकै बेला भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ ।  शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष

काँग्रेसद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्व

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ ।  विनियोजन विधेयक र त्यससँग सम्बन्धित अन्य विधेयकहरु

बाँके घटनाका विषयमा आजपनि काँग्रेसको संसद अवरोध, बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध

नेकपा र काँग्रेसका शीर्षनेताबीच छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका


z