• २०८१ बैशाख ७ शुक्रबार

प्रिमियर लिगको तालिका सार्वजनिक, युनाइटेड पहिलो साता नै चेल्सीसँग खेल्ने

kharibot

काठमाडौँ । इङलिस प्रिमियर लिग २०१९-२० सिजनको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार म्यानचेस्टर युनाइटेड र चेल्सी पहिलो सातामै आमने सामने हुने भएका छन् ।

साविक विजेता म्यानचेस्टर सिटीले आफ्नो सिजनको पहिलो खेल वेस्ट ह्याम युनाइटेडसँग गर्ने छ । त्यस्तै गत सिजनको उपविजेता तथा च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो खेलमा नर्विचसंग खेल्ने छ ।

त्यस्तै अर्को क्लब आर्सनलले पहिलो न्युक्यासल युनाइटेडसँग खेल्ने छ भने च्याम्पियन्स लिगको उपविजेता टोटनह्याम भने यसै सिजन बढुवा भएको एस्टन भिल्लासँग आफ्नो पहिलो खेल खेल्ने छ ।

म्यानचेस्टर सिटीको पहिलो ठुलो खेल अगस्त १७ मा टोटनह्याम विरुद्ध रहेको छ भने सिटीले लिभरपुलविरुद्ध नोभेम्बर ९ मा खेल्ने छ । त्यस्तै चेल्सीसँग नोभेम्बर २३ मा खेल्ने छ भने म्यानचेस्टर युनाइटेडसँग भने डिसेम्बर ७ मा मात्र खेल्ने छ । त्यस्तै आर्सनलसँग डिसेम्बर १४ मा खेल्ने छ ।

पहिलो साताको खेल तालिका :

   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै