सार्वजनिक यातायातको भाडा वृद्धि

खरीबोट

फाइल तस्बीर

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको विभागका महानिर्देशक कुमार दहालले जानकारी दिए ।

यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो । व्यवसायीहरु लामो समयदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग गर्दै आएका थिए ।

विभागले सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धि लगायत बजारको महंगी (मूल्य वृद्धि) लाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको हो । भाडा वृद्धिका लागि प्राविधिक समितिले सिफारिस गरेको थियो । 

महानिर्देशक दहालका अनुसार अब सार्वजनिक सवारीको भाडा न्युनतम १६ रुपैयाँ पुगेको छ । विभागले ४ किलोमिटरलाई आधार मानेर न्युनतम भाडा तोक्दै आएको छ । यसअघि ४ किमीको १४ रुपैयाँ भाडा थियो ।  

विभागले ट्याक्सीमा समेत वैज्ञानिक भाडादर कायम गरेको छ । जसअन्तर्गत असार १ गते नै लागु हुनेगरी ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागु गरिनेछ । यो प्रणाली लागु भएपछि ट्याक्सी व्यवसायी तथा उपभोक्ता दुबैलाई राहत हुने विभागले जनाएको छ ।  
 

सम्बन्धित समाचार

सार्वजनिक यातायात प्राधिकरण विधेयक विधेयक बहुमतले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको  बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्था) प्राधिकरण विधेयक २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो विधेयकमाथि विचार गरियोस् भन्ने

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने

काठमाडौँ । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उनीहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ ।  सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात

विद्युतीय बसमा सरकारको लगानी : सार्वजनिक यातायात सुध्रिने आशा

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ ।   विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले यहि आषाढ २९ गते निर्णय

काठमाडौँ महानगरभित्र सार्वजनिक यातायातमा टिकट अनिवार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य


z