• २०८१ बैशाख ११ मंगलबार

सरकारद्वारा चार देशका लागि राजदूत सिफारिस

kharibot

काठमाडौं । सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाले मन्त्रिपरिषद्को बैठकले कतारका लागि नारद भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र र स्पेनका लागि आङफुटी शेर्पालाई राजदूतमा सिफारिस गरेको जानकारी दिएका छन् । 

यस्तै, सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत, पाटनका न्यायधीश मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै इन्टरनेटको मूल्य समायोजनका इन्टरनेटका उपकरणमा छुट दिने निर्णय पनि गरेको जानकारी दिए ।  

धितोपत्र बोर्डको रजत जयन्ती, शिख धर्मका संस्थापक गुरू नानकको जन्म जयन्ती  र वाङ्मय शताव्दी पुरूष सत्य मोहन जोशीको सतवार्षिक जन्मोत्सवका अवसरमा स्मारिका सिक्का टक्मरी गरी चलन–चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृतिसमेत दिएको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधिसेमत स्वीकृत गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै