• २०८१ बैशाख ८ शनिबार

समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

kharibot

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भइ बनेको समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

निर्वाचन आयोगमा दलको नाम मात्र दर्ता गरिएको छ भने चुनाव चिन्हका विषयमा अझै निर्णय नभएको बताइएको छ ।   

अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसहितको टोली निर्वाचन आयोगमा गइ दल दर्ता गराइएको हो ।

दल दर्तापछि सन्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले पार्टी साँचोअर्थमा नयाँ विकल्पकारुपमा आउने दाबी गरे । उनले लोकसेवा आयोगले खुलाएको विज्ञापन र गुठी विधेयकको विरोध पनि गरे ।

अर्का अध्यक्ष यादवले दल दर्ता भएपनि निर्वाचन चिह्नको विषयमा निर्णय भइनसकेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै