काठमाडौँ । बेपत्ता एएन-३२ जहाज दुर्घटना भएको भारतीय वायुसेनाले पुष्टि गर्दै विमानमा सवार सबै १३ जनाको निधन भएको जनाएको छ ।
यस अघि मंगलबार खोजीकार्यमा संलग्न भारतीय सेनाले अरुणाचल प्रदेशको लिपोबाट १६ किलोमिटर उत्तरमा विमानको भग्नवाशेष भेटिएको थियो ।
जहाज जुन ३ मा असमको जोरहाटबाट उडेको थियो । यस जहाजमा ८ चालक दलका सदस्यसहित १३ जना सवार थिए । विमान दुर्घटनामा मृत्यु हुने १३ जनाका परिवारलाई खबर गरिसकेको समेत भारतीय वायुसेनाले जानकारी दिएको छ ।
सेनाले निधन हुने १३ जनाको नाम समेत सार्वजनिक गरेको छ । दुर्घटनामा मृत्यु हुनेमा विंग कमांडर जीएम चार्ल्स, स्कवाड्रन लीडर एच विनोद, फ्लाइट लेफ्टिनेंट आर थापा, फ्लाइट लेफ्टिनेंट ए तंवर, फ्लाइट लेफ्टिनेंट एस मोहंती, फ्लाइट लेफ्टिनेंट एमके गर्ग, वारंट अफिसर केके मिश्रा, सर्जेन्ट अनूप कुमार, कर्पोरल शेरिन, लीडिंग एयरक्राफ्ट मैन एसके सिंह, लीडिंग एयरक्राफ्ट म्यान पंकज, नन कॉम्बैंटेट (ई) पुतली ए नन कम्बैंटेट (सी) राजेश कुमार रहेका छन् ।
यो जहाज भेटिएको स्थान सियाङ्ग जिल्लाको पयुममा रहेको छ । करिब १२ हजार फुटको उचाईमा जहाजको भग्नवाशेष फेला परेको थियो ।