• २०८१ बैशाख ७ शुक्रबार

मालपोत अधिकृतसहित २८ जना विरुद्ध मुद्धा दायर  

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पोखरेलसहित २८ जना भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई, नायव सुब्बाहरु रुद्र बहादुर देवकोटा, टंक प्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर केसी तथा कम्प्यूटर अपरेटर यज्ञश्वर वलीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।  

यस्तै गरी करारका सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरु सुशील रिजाल, सञ्जयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । 

त्यही आरोपमा, मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्र बहादुर थापा, खरिदारहरु भुमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसी रानी थारु, करारमा रहेकी कम्प्यूटर अपरेटर लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्यायविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजायको माग दाबी गदै आरोपपत्र दायर भएको अख्तियारले जानकारी दिएको छ ।

अख्तियारले मालपोत कार्यालय बर्दियाका कार्यालय सहयोगी कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोवीविरुद्ध भने भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजायको माग दाबी गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोईरालाले जानकारी दिए ।

मालपोत कार्यालय बर्दियाका कार्यालय सहयोगी खैरुल हसन अन्सारी समेतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारीसँग मिलेर सरकारी मोठ श्रेस्ता नै फेरबदल गरी बाँके र बर्दियामा रहेका विभिन्न सरकारी र सार्वजनीक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने–गराउने कार्य गरेको अख्तियारले दाबी गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै