काठमाडौं । चर्चित गायक आदित्य नारायण झाको काठमाडौंमा गन्जिने भएका छन् । जुलाईको पहिलो साता आदित्य ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुने भएका हुन् ।
'आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउड सहित हिट नेपाल गीतलाई समेत प्रस्तुत गर्नेछन् । गायकसँगै अभिनेतासमेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाका छोरा हुन् ।
सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीतसंगीतमा 'कुसुमे रुमाल २' मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए ।
रंगिला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र 'जब प्यार किसिसे होता है' मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् । उनले अभिनयमा शापित फिल्ममार्फत डेब्यु गरेका थिए।
क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रमका लागि आदित्यले आफु नेपाल आउँन लागेकोमा खुसि व्यक्त गरेका छन् ।