• २०८१ बैशाख ७ शुक्रबार

 बेलायतको सत्तारुढ दलको नेताका लागि पहिलो चरणमा जोनसनलाई बहुमत

kharibot

लण्डन । बेलायतको सत्ताधारी दलको संसदमा नयाँ नेतृत्व चयनका लागि भएको पहिलो चरणको मतदानमा बोरिस जोनसनलाई बहुमत प्राप्त भएको छ ।

प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिट सम्झौताका लागि यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौतालाई बेलायतको संसदमा अनुमोदन नभएपछि प्रधानमन्त्रीबाट विदा लिने इच्छा अनुसार नयाँ नेतृत्वको लागि बिहीबार भएको पहिलो चरणको मतदानमा जोनसनलाई अन्य नेतालाई भन्दा बढी मत परेको हो ।

संसदमा नेतृत्वका लागि १० जनाले दावी गरेपनि तीन जना पहिलो चरणको मतदानबाट बाहिरिएका छन् भने अब बाँकी सात जनाबीच प्रतिस्पर्धा हुनेछ ।

कन्जर्भेटिभ पार्टीको हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ३१४ सांसदमध्ये ११४ जनाले ब्रेक्जिटको पक्षधर पूर्व विदेशमन्त्री जोनसनलाई मतदान गरेसँगै आगामी नेतृत्वमा जोनसनको सम्भावना बढेको छ । पहिलो चरणमा जेरेमी हन्टले ४३, माइकल गोभले ३७ मत, डोमिनिक राबले २७, साजिद जाविदले २३, माट हानकोकले २० तथा रोरी स्टिवार्टले १९ मत पाएका छन् ।

त्यस्तै १० जनामा कम मत पाउने तीन जना उम्मेदवर आनड्रिया लीडसन, मार्क हार्पर र इजथर म्याक्भी भने पहिलो चरणको प्रतिष्पर्धाबाट बाहिरिएका छन् । उनीहरुले क्रमश ११, १० र ९ मत प्राप्त गरेका थिए ।         

पार्टीको संसदीय दलको नेतृत्वका लागि निर्वाचित नेता नै वर्तमान प्रधानमन्त्री मेको उत्तरदायीका रूपमा चुनिने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै