• २०८१ बैशाख ८ शनिबार

 भारत-न्युजील्याण्डबीचको खेल रद्ध

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज भारत र न्युजील्याण्डबीचको खेल बर्षाका कारण रद्ध भएको छ ।

खेल रद्ध भएपछि दुवै टिमले एक एक अंक बाडेका छन् । योसँगै न्युजील्याण्डको जारी विश्वकपमा ४ खेलमा ३ जित र एक बराबरीसहित ७ अंक भएको छ भने भारतको ३ खेलमा २ जित र एक बराबरीसहित ५ अंक भएको छ ।

यस विश्वकपमा बर्षाका कारण खेल रद्ध भएको यो चौथो पटक हो । यस अघि बंगलादेश र श्रीलंकाले, पाकिस्तान र श्रीलंकाले तथा दक्षिण अफ्रीका र वेस्टइन्डिजले बर्षाका कारण खेल हुन नसक्दा एक एक अंक बाडेका छन् ।

साथै विश्वकपको इतिहासमा बर्षाले धेरै खेल पनि यसै विश्वकपमा रद्ध भएका छन् ।

यस अघि सन् १९९२ र २००३ मा २-२ खेल रद्ध भएकोमा यस विश्वकपमा ४ खेल रद्ध भैसकेका छन् ।

यो खेलसँगै अंक तालिकामा न्युजील्याण्ड ७ अंक सहित शिर्ष स्थानमा कायम रहने छ भने भारत ५ अंकसहित तेस्रो स्थानमा उक्लिने छ । त्यस्तै अहिलेसम्म अस्ट्रेलिया ६ अंकसहित दोस्रो स्थानमा छ भने इङल्याण्ड र श्रीलंका ४-४ अंकसहित चौथो र पाँचौ स्थानमा रहेको छ ।

त्यसै गरी वेस्टइन्डिज, बंगलादेश र पाकिस्तान ३-३ अंक हासिल गर्दिया छैठौ, सातौ र आठौ स्थानमा रहेका छन् भने दक्षिण अफ्रिका एक अंकसहित नवौ र अफगानिस्तान शुन्य अंकसहित पुछारमा रहेको छ ।

विश्वकप अन्तर्गत अब शुक्रबार आयोजक इङल्याण्ड र वेस्टइन्डिजबीच खेल हुने छ ।                        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै