• २०८१ बैशाख १२ बुधबार

सार्वजनिक यातायातको भाडा नबढ्ने, निर्णयबाट बिभाग पछि हट्यो 

kharibot

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित गरेको छ ।

यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरे पनि थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्नु पर्ने भएको भन्दै अर्को सूचना जारी नभए सम्म भाडा बढाउने निर्णय लागु नहुने जनाएको छ ।

विभागले काठमाडौँ उपत्यकामा रात्री कालिन यातायात चलाउने विषय, सार्वजनिक यातायातको भाडा बढाउने विषय र उपत्यकाको रिंग रोड भित्र सबै प्रकारका मालबाहक ढुवानीसाधनलाई प्रवेश निषेधको निणर्य हाललाई स्थगित गरेको हो ।

यस अघि विहिबर नै आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाएको थियो ।

विभागले सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धि लगायत बजारको महंगी (मूल्य वृद्धि) लाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको बताएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै