• २०८१ बैशाख १२ बुधबार

कोपा अमेरिकामा १२ देश भिड्दै, अर्जेन्टिना र ब्राजिल प्रमुख दाबेदार

kharibot

काठमाडौँ । दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका शनिबार बिहानबाट सुरु हुदै छ । जुलाई ७ सम्म ब्राजिलमा हुने कोपा अमेरिकामा यस पटक दुई एशियन टिमले पनि सहभागिता जनाउने भएका छन् ।

कोपा अमेरिकाको पहिलो खेल शनिबार बिहान सवा ६ बजेदेखि ब्राजिल र बोलिभियाबीच पहिलो खेल हुदै छ । 

विशेष निमन्त्रणामा जापान र कतारले कोपा अमेरिकामा भाग लिदै छन् । जापान र कतारसहित १२ देशले भाग लिने यस प्रतियोगितामा १२ देशलाई ३ समुहमा विभाजन गरिएको छ ।

समुह ए मा ब्राजिल, बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् । त्यस्तै समुह बि मा अर्जेन्टिना, कोलोम्बिया, पराग्ये र कतार रहेका छन् भने समुह सि मा उरुग्वे, चिली, इक्वेडर र जापान रहेका छन् ।

हरेक समुहबाट समुह चरणका खेल पछि पहिलो र दोस्रो हुने टिम सिधै नक आउट चरणमा प्रवेश गर्ने छन् भने हरेक समुहका तेस्रो टिम मध्ये उत्कृष्ट २ टिमले पनि नक आउट चरणमा ठाउ बनाउने छन् । प्रतियोगिताको फाइनल खेल जुलाई ७ मा हुने छ ।

कोपा अमेरिकाको पछिल्लो दुई उपाधि चिलीले लगातार जितेको थियो । कोपा अमेरिकाको उपाधि अहिलेसम्म उरुग्वेले सबै भन्दा धेरै १५ पटक जितेको छ भने अर्जेन्टिनाले १४ पटक जितेको छ । त्यस्तै ब्राजिलले ८ पटक जितेको छ । त्यस्तै पराग्वे, चिली र पेरुले २-२ पटक जितेका छन् भने बोलिभिया र कोलोम्बियाले एक एक पटक जितेका छन् ।

अर्जेन्टिना र मेसीको चर्चा :

यस कोपा अमेरिकामा अर्जेन्टिना उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ । पछिल्ला ५ कोपा अमेरिकामा अर्जेन्टिना ४ पटक फाइनलमा पुगेर पराजित भएकोले अर्जेन्टिनाले फाइनल जित्न नसक्ने टिमको रुपमा पहिचान बनाएको छ । अर्जेन्टिनाले कोपाको फाइनलमा २००४ मा ब्राजिलसँग, २००७ मा उरुग्येसँग, २०१५ र २०१६ मा चिलीसँग पराजित भएको थियो ।

त्यस्तै विश्वफुटबलमा पछिल्लो दशककै सफल फुटबलर लियोनेल मेसीको अर्जेन्टिनी टिमलाई सफलता दिलाउन नसकेकोमा यस पटक कोपाको उपाधि दिलाउन मेसीको भूमिकामा फेरी चर्चा हुन थालेको छ ।

मेसीले आफ्नो क्यारियरमा क्लब फुटबलमा सबै उपाधि जितेर ५ पटक बेलुन डो अर जित्न सफल भएकोमा देशका लागि भने अहिलेसम्म कुनै उपाधि जिताउन सकेका छैन । मेसीको नाममा सन् २००८ मा ओलम्पिक गोल मेडल र फिफा यू-२० विश्वकपको उपाधि रहेको छ । त्यस बाहेक मेसीले अर्जेन्टिनाका सिनियर टिमका लागि अहिलेसम्म १३० खेलमा ६७ गोल गरेका छन् तर कुनै उपाधि जिताउन भने सकेका छैनन् ।

आयोजक ब्राजिल उपाधि दाबेदार :

कोपा अमेरिकाको आयोजक ब्राजिलले पछिल्लो पटक सन् २००७ मा जितेको थियो । त्यसपछि भएका तीन कोपा अमेरिका प्रतियोगितामा ब्राजिल फाइनलमा समेत पुग्न सकेन् ।

पछिल्लो समय ब्राजिल पनि महत्वपूर्ण उपाधि जित्न सकेको छैन । ब्राजिल कोपा अमेरिकाको मुखमा आफ्ना प्रमुख खेलाडी नेइमार घाइते भएर बाहिरिए पछि दबाबमा आएको छ ।

यद्यपि ब्राजिल यस पटक कोपा जित्ने प्रमुख दाबेदारको रुपमा हेरिएको छ । ब्राजिलमा बार्सिलोनाबाट खेल्ने फिलिप कोटिन्हो, म्यान्चेस्टर सिटीबाट खेल्ने गाब्रियल जिसस जस्ता खेलाडी रहेकाले ब्राजिललाई कोपा जिताउने टिमको हेरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै