• २०८१ बैशाख १३ बिहीबार

शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभाको बैठक स्थगित

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

पूर्वसभासद धनीराम पौडेलको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

उनी २०७० सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट समानुपातिक सभासद भएका थिए ।

उनी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा शिक्षा मन्त्री भएका थिए । पौडेलको ५४ वर्षको उमेर आजै बिहान चितवनको माडीमा निधन भएको हो । उनी सत्तारुढ नेकपाका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत थिए ।

पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुन् । उनकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुन् । उनका दुई छोरी छन् ।

प्रतिनिधि सभाको शोक प्रस्ताव पारित गरेर असार १ गते आइतबारसम्मका लागि स्थगित भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै