आन्दोलनका नेता गुमायौँ : गृहमन्त्री थापा

खरीबोट

चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उनले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्याएको योगदान अतुलनीय रहेको बताए । 

पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पुर्याएको थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रुपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए । 

नेपाली समस्त आन्दोलनका एउटा नेताको सङ्ज्ञा दिँदै मन्त्री थापाले पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षति पुगेको बताए । पौडेलको ५३ वर्षको उमेरमा आज बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो । मन्त्री थापा स्व पौडेललाई अन्तिम श्रद्धाञ्जलि दिन यहाँ आएका हुन् ।  

पौडेलको अन्त्येष्टि आज माडीमा हुँदैछ । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतमलगायतका नेता चितवन आउँदै छन् ।   
 

सम्बन्धित समाचार

को को बने नेकपाका जिल्ला इन्चार्ज-सहइन्चार्ज ? 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना ८३ कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै

नेकपाको जिल्लाको इन्चार्ज-सहइन्चार्जको टुंगो लाग्यो, स्कुल विभागमा विवाद

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना ८३ कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै

नेकपाको सचिवालय बैठक आज बस्दै, जिम्मेवारी तोकिने सम्भावना 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपराहन्न एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी

नेकपाको संगठनमा वामदेव र विदेश विभागमा नेपाललाई ल्याउने सहमति !

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठनमा महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् । बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई


z