• २०८१ बैशाख ७ शुक्रबार

दबंग-३ को आइटम गीतमा मलाइकाको ठाउमा वरीना

kharibot

काठमाडौँ । बलिवुड अभिनेता सलमान खान भारत फिल्मले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरिरहेका बेला अब नयाँ फिल्मको तयारीमा जुटेका छन् ।

सलमान आफ्नै सफल फिल्म दबंगक ओतेस्रो संस्करणको सुटिंगमा अहिले व्यस्त रहेका छन् । सलमानले दबंग-३ को सुटिंग स्पटबाट सार्वजनिक गरेका तस्बीरहरु अहिले इन्टरनेटमा भाइरल भएका छन् ।

यसै बीच यस अघि दबंगमा आइटम गीतमा नृत्य गरेकी मलाइका अरोरा भने अब दबंग-३ मा नदेखिने भएको छ । 'मुन्नी बद्नाम हुइ' सी गीत सुपरहिट भएको थियो । जसले फिल्मको लोकप्रियतालाई समेत बढाएको थियो । मलाइकाले सलमानका भाई अरबाज खानसँग

अहिले डिभोर्स गरिसकेकी छन् । भने अहिले अभिनेता अर्जुन कपुरसँग अफ्येर्समा रहेकी छन् । अरबाजसँगको डिभोर्सपछि दबंग र दबंग-२ मा आइटम गरेकी मलाइका दबंग-३ बाट बाहिरिएका छिन् ।

मिडिया रिपोर्टपछि मलाइकाको ठाउमा आइटम गीतमा सलमानले नै निर्माण गरेको फिल्म लवयात्री अभिनेत्री वरीना हुसैनले गर्ने भएकी छन् । साथै वरीनाले गर्ने सो आइटम गीत मुन्नी बद्नाम हुइको सट्टा 'मुन्ना बदनाम हुवा' शिर्षकमा बन्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार केहिदिन अघि मात्र सुटिंग समेत पुरा भएको छ । यस गीतलाई कोरियोग्राफर वैभवी मर्चेन्टले कोरियोग्राफ गरेको बताइएको छ ।

यस फिल्ममा सलमान खानका अलावा सोनक्षी सिन्हा, दक्षिण भारतीय अभिनेता सुदीप, माहि गीललगायतको अभिनय रहेको छ । फिल्म यही डिसेम्बरमा रिलिज हुदै छ । फिल्मलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् ।             
                             
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै