• २०८१ बैशाख १२ बुधबार

पुर्वखेलाडी लाम्पार्डलाई नयाँ प्रशिक्षक बनाउने तयारीमा चेल्सी

kharibot

काठमाडौँ । प्रिमियर लिग क्लब चेल्सीले आफ्ना पूर्व खेलाडी फ्र्यांक लाम्पार्डलाई नयाँ म्यानेजरको रुपमा भित्र्याउने तयारी गरेको छ ।

आफ्ना म्यानेजर माउरिजियो सारीले क्लब छोडेर युभेन्टस जाने निश्चित भएपछि लाम्पार्ड आफ्नै पुर्व क्लब चेल्सीमा म्यानेजर बन्ने सम्भावना बढेर गएको छ । 

त्यस्तै ६० बर्षिय इटालियन सारीले भने चेल्सीमा एक बर्षे कार्यकाल टुंगाउदै इटालियन महारथी युभेन्टसको प्रशिक्षक बन्ने निश्चित भएको छ । सारीले युभेन्टसमा प्रशिक्षक मासिमिलियानो अल्लेग्रीको ठाउ लिने छन् । सारीले चेल्सीलाई यस बर्षको युरोपा लिग जिताएका थिए भने प्रिमियर लिगमा तेस्रो हुदै सिजन सकेर च्याम्पियन्स लिगका लागि छनौट गराएका छन् ।   

मिडिया रिपोर्टका अनुसार चेल्सीको नयाँ म्यानेजर बन्नेमा लाम्पार्ड सबै भन्दा अगाडी रहेका छन् । केबल एक सिजन मात्र क्लबको म्यानेजरको अनुभव भएका लाम्पार्डले डर्बी काउन्टीलाई प्रिमियर लिगमा ल्याउन नसके पनि प्लेअफसम्म भने पुर्याएका थिए ।

चेल्सीको म्यानेजरका लागि चेल्सीकै पुर्व म्यानेजर जोसे मोरिन्होको नाम पनि आएको छ । मोरिन्होका बारेमामा पनि चेल्सी व्यवस्थापनले छलफल गरिरहेको बताइएको छ । म्यानचेस्टर युनाइटेडले हटाएपछि पछिल्लो ६-७ महिना देखि मोरिन्हो जिम्मेवारी विहिन रहेका छन् ।

त्यस्तै चेल्सीको नयाँ प्रशिक्षकका लागि हालै युभेन्टस छोडेका मासिमिलियानो अल्लेग्रीको नाम पनि अगाडी रहेको छ ।

चेल्सीमा १३ बर्ष फुटबल खेलेका लाम्पार्डले ६४८ खेल खेल्दै २११ गोल गरेका छन् । चेल्सीमा खेलाडीका रुपमा लाम्पार्डले तीन पटक प्रिमियर लिग, चार पटक एफए कप, दुई पटक लिग कप, २ पटक कम्युनिटी सिल्ड, एक पटक च्याम्पियन्स लिग र एक पटक युरोपा लिग

जिताएका छन् । उनी चेल्सीका लागि २११ गोल गर्दै क्लबका लागि अहिलेसम्म धेरै गोल गर्ने खेलाडी समेत हुन् ।                          
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै