• २०८१ बैशाख ८ शनिबार

'जापानका मेसी' रियल म्याड्रिडमा, के हो उनको बार्सिलोना कनेक्सन ?

kharibot

काठमाडौँ । जापानका मेसी उपनामले चर्चित युवा जापानिज मिडफिल्डर टेकेफुसा कुबो स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने भएका छन् । १८ बर्षिय कुबोलाई रियलले अनुबन्ध गर्ने घोषणा गरेको हो । 

जापानको राष्ट्रिय टोलीबाट समेत डेभ्यु गरिसकेका युवा खेलाडी कुबो कोपा अमेरिका खेल्ने जापानी टिममा समेत रहेका छन् । 

कुबोले रियलको रिजर्भ साइडबाट खेल्ने गरी सम्झौता गरेको गोल डट कमले उल्लेख गरेको छ । कुबोले रियलको रिजर्ब टिमबाट खेल्दै यस अघि रिजर्ब टिम खेलेर रियलको सिनियर टिममा पुगेका भिनिसियस जुनियर र रोड्रीगो जस्तै उनले पनि सिनियर टिममा ठाउ बनाउने विश्वास गरिएको छ ।

रियल म्याड्रिड पुगेका कुबोको बार्सिलोना कनेक्सन भने अहिले चर्चाको विषय बनेको छ । बार्सिलोना कै एकेडेमीमा खेलेका कुबोलाई रियलले लैजादा बार्सिलोना उनलाई र उनको प्रतिभालाई चिन्न असफल भएको विश्लेषण अहिले गरिएको छ ।

कुबोले २०११ देखि २०१५ सम्म बार्सिलोनाको जुनियर टिमबाट खेलेका थिए । बार्सिलोनाको अन्डर ११ का लागि त कुबोले ३० खेलमा ७४ गोल गरेका थिए । त्यस्तै २०१३-१४ को जुनियर टिमको सिजनमा उनी सिजनकै मोस्ट भ्यालुएबल खेलाडी बनेका थिए । उनले बार्सिलोनाको जुनियर टिम (अन्डर ११) लाई काटालुन्या कप समेत जिताएका थिए । सन् २०१४-१५ सिजनमा उनलाई अन्डर १४ टिममा प्रमोशन गरिएको थियो ।

तर फिफाको अन्तर्राष्ट्रिय खेलाडी ट्रान्सफर नियम अनुसार बार्सिलोनाले नियम उलंघन गरेर कुबोलाई भित्र्याएको पाइएपछि कुबो बार्सिलोनामा खेल्न पाएनन् र उनी जापान फर्किएका थिए । उनले सन् २०१६ मा एफसी टोकियोको यू-१८ टिममा खेलेका थिए । त्यसपछि उनी १५ बर्षकै उमेरमा एफसी टोकियोको सिनियर टिममा खेल्न पुगेका थिए ।

उनले जापानको जे लिगमा १५ बर्ष ५ महिना एक दिनमा डेभ्यु गर्दै रेकर्ड समेत बनाएका थिए । उनले जापानको लिगमा अहिलेसम्म ३६ खेल खेल्दै कुल ७ गोल गरेका छन् ।

गोल डटकमसँग कुरा गर्दै कुबोले आफु लिभरपुलको खेल्ने शैली देखि निकै प्रभावित रहेको बताउदै फेरी स्पेनमा खेल्ने मौका पाएकोमा खुशी व्यक्त गरे । उनले आफ्नो क्यारियरको पाइला एक एक गरेर चलन खोजेको भन्दै रियलमा आफुले उत्कृष्ट प्रदर्शन गर्ने विस्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै