• २०८१ बैशाख ११ मंगलबार

असान्जको सुपुर्दगी मुद्दाबारे आगामी फेब्रवरीमा सुनुवाई हुने

kharibot

लण्डन । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई वासिङ्टनसमक्ष सुपुर्दगी गर्न मिल्ने वा नमिल्ने भन्ने बिषयमा आगामी फेब्रुअरीमा पूर्ण सुनुवाई हुने बेलायती एक न्यायाधीशले शुक्रबार बताएका छन् । 

अमेरिकाविरूद्ध जासुसी गरेको अभियोगमा बेलायती जेलमा रहँदै आएका असान्जले बेलायती अदालतले तोकेको जमानत शर्त उल्लङ्घन गरेको आरोपमा उहाविरूद्ध ५० हप्ताको जेल सजाय तोकिएको छ । 

अमेरिकाले असान्जलाई सुपुर्दगी गर्न दवाव दिँदै आएको छ भने बेलायतले यसबारे तत्काल कुनै जवाफ दिएको छैन ।

वासिङ्टनले ४७ बर्षीय असान्जले सन् २०१० मा अमेरिकी सैनिक तथा कूटनीतिक क्षेत्रका वर्गीकृत फाइलहरू सार्वजनिक गरेर अमेरिकाविरुद्ध जासुसी गरेको दावी गर्दै आएको छ ।

अमेरिकाको अफगानिस्तान र इराकमा भएका वम आक्रमणबारे विकिलिक्सले प्राप्त गरेका सूचनालाई सार्वजनिक गरेको आरोप वासिङ्टनले असान्जमाथि लगाउँदै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै