• २०८१ बैशाख ६ बिहीबार

७५ बर्षपछि प्रेमी प्रेमिकाको पुनर्मिलन !

kharibot

काठमाडौँ । यदि तपाई ७५ बर्षपछि आफ्नी प्रेमिकालाई भेट्नु भयो भने कस्तो महसुस गर्नुहुन्छ । पक्कै पनि यस्तो लाग्न सक्छ, कसैले आफ्नो आत्मा खोसेर लागेको होस् । एक प्रेमी प्रेमिकाको ७५ बर्षपछि पुनर्मिलन भएको रिपोर्ट मिररले प्रकासित गरेको छ । फ्रान्समा एक ९७ सालका प्रेमी र ९२ सालकी प्रेमिकाको ७५ बर्षपछि पुनर्मिलन भएको छ ।

यो प्रेम कहानी सन् १९४४ मा दोस्रो विश्वयुद्ध चलिरहदाको हो । २४ बर्षिय के.टि. रबिन्सन र १८ बर्षिय जेनिन पियरसनको पहिलो भेट नै प्रेममा परिणत भएको थियो ।रबिन्सन अमेरिकाका र पियरसन फ्रान्सकी भएपनि पहिलो भेटमा नै उनीहरु प्रेममा परेका थिए । रबिन्सन अमेरिकी सेनामा भएकाले उनी युद्ध मोर्चामा थिए । युद्ध सकिएपछि सबै आ-आफ्नो गन्तव्य तिर लागे, जसमा रबिन्सन पनि सामेल थिए ।

पियरसनले मिडियासँग कुरा गर्दै भनेकी छन्, 'त्यो बेला म खुब रोए जब रबिन्सन मलाई छोडेर गए ।' उनले रबिन्सन फर्किने आशामा अंग्रेजी समेत सिकेको बताइन ताकी रबिन्सन फर्किए भने अंग्रेजीमा उनीसँग कुरा गर्न सकुन । तर युद्ध सकिना साथ रबिन्सन अमेरिका फर्किए ।

यता रबिन्सनले पनि पियरसनलाई भुलेका थिएनन् । अहिलेपनि उनले पियरसनको त्यति बेलाको तस्बीर आफूसंगै राखेका छन् । अहिले रबिन्सन ९७ बर्षका भए । जबकी पियरसन ९२ बर्षकी भईन ।

सोहि युद्दको ७५औँ बार्षिकी मनाउन रबिन्सन फ्रान्स आएको बेला उनले आफ्नी प्रेमिका पियरसनलाई भेटे ।

मिडियासँग कुरा गर्दै रबिन्सनले भने, 'मैले त्यति बेला भनेको थिए, शायद म फेरी फर्किएर आउछु र तिमीलाई लैजान्छु, तर त्यस्तो हुन सकेन । त्यस्तै पियरसनले पनि आफुले रबिन्सनलाई अत्यन्तै प्रेम गरेको र अहिलेसम्म पनि भुल्न नसकेको बताइन् ।

पियरसनले भनिन्, 'जब रबिन्सन ट्रकमा निक्लियो तब म खुब रोए । म अतिनै दुखि थिए । म चाहन्थे युद्ध पछि रबिन्सन अमेरिका नफर्कियोस ।'

समयक्रम सँगै दुवै टाढा भए र दुवैले नयाँ जीवनसाथीसँग आफ्नो जीवन सुरु गरे । तर अहिले दुवैका जीवन साथी यस दुनियामा छैनन् ।

७५ बर्षपछि दुवैको मिलन निकै भावुक बनेको थियो । दुवै एकअर्कासँग मिल्नासाथ एक अर्कालाई किस गरेका थिए । कैयौ घण्टा कुराकानी गरेका दुवै फेरी छुट्टिए । जादा जादै रबिन्सनले फेरी भेट्ने बाचा गर्दै पियरसनलाई आई लाभ यु भन्दै छुट्टिए ।                                                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै