• २०८१ बैशाख ८ शनिबार

वेस्टइन्डिजमाथि इङल्याण्डको सहज जित, रुटको अर्को शतक

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत इङल्याण्डले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ । वेस्टइन्डिजले दिएको २१३ रनको लक्ष्य पछाएको इङल्याण्डले ३३.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

इङलल्याण्डको जितमा जोय रुटले शतकीय पारी खेलेका थिए । रुटले यस प्रतियोगितामा आफ्नो दोस्रो शतक बनाउने क्रममा ९३ बलमा ११ चौका प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । रुटले यसअघि पाकिस्तानविरुद्द १०७ रन बनाएका थिए ।

रुटले अविजित १०० रन बनाए भने क्रिस वोक्सले ४० रन बनाएर आउट भएका थिए । त्यस्तै ओपनर जोनी बैरस्ट्रव ४५ रन बनाएर आउट भएका थिए । त्यस्तै बेन स्टोकले अविजित १० रन बनाए । 

वेस्टइन्डिजका शानन गाब्रियलले दुई विकेट लिएका थिए ।    

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिज ४४.४ ओभरमा अल आउट हुदै २१२ रन बनाएको थियो ।

वेस्टइन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६३ रन बनाए भने शिमरोन हिटमायरले ३९ रन बनाए । त्यस्तै क्रिस गेलले ३६ रन बनाएर आउट भए भने आन्द्रे रसेल २१ रन बनाएर आउट भए । त्यस्तै कार्लोस ब्रेथवेटले १४ र साइ होपले ११ रन बनाए ।

इङल्याण्डका बलर जोफ्रा आर्चर र माट वुडले ३-३ विकेट लिए । त्यस्तै जोय रुटले २ विकेट लिए भने क्रिस वोक्स र लियाम प्लंगकेटले एक विकेट लिए ।

प्रतियोगीतामा इङल्याण्डले यो जितपछि ४ खेलमा ३ जित र एक हारसहित ६ अंक बटुलेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने वेस्टइन्डिजले खेलेका ४ खेलमा एक जित २ हार र एक बर्षाले रद्ध हुदा कुल ३ अंक हासिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै