कोपामा ब्राजिलको विजयी सुरुवात, कोटिन्होले गरे दुई गोल

खरीबोट

काठमाडौँ । कोपा अमेरिका अन्तर्गतको उद्घाटन खेलमा ब्राजिल विजयी भएको छ ।

शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरको छ ।

ब्राजिलको जितमा फिलिप कोटिन्होले २ गोल गरे भने एभर्टनले एक गोल गरेका थिए ।

खेलको पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको दोस्रो हाफमा ब्राजिलले ३ गोल गरेको थियो । कोटिन्होले ५०औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै रोबेर्ट फिर्मिनोको असिस्टमा कोटिन्होले नै दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ८१औ मिनेटमा डेभिड नेरेजको ठाउमा सबस्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका एभर्टनले खेलको ८५औ मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता तेब्बर पारेका थिए ।

कोपा अन्तर्गत अब अर्को खेल आज राति भेनेजुएला र पेरु तथा अर्जेन्टिना र कोलोम्बियाबीच खेल हुने छ ।

सम्बन्धित समाचार

कोपा अमेरिकाको सेमिफाइनल समीकरण पुरा

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत सेमिफाइनलको समीकरण पुरा भएको छ । कोपामा खेलेका १२ देश मध्ये ८ देशले क्वाटरफाइनलमा खेलेकोमा अब अर्जेन्टिना, ब्राजिल, चिली र पेरु सेमिफाइनलमा पुगेका छन् । ब्राजिलले

पेरु कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौँ । पेनाल्टी सुटआउटमा उरुग्वेलाई पराजित गर्दै पेरु कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान भएको क्वाटरफाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन् नसकेपछि भएको पेनाल्टीमा पेरुले

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पुरा

काठमाडौँ । कोपा अमेरिकाको समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ । कोपामा खेलेका १२ देश मध्ये ८ देशले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । समुह ए बाट

कोपा अमेरिका : जापानले उरुग्वेलाई बराबरीमा रोक्यो 

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत उरुग्वेलाई जापानले बराबरीमा रोकेको छ । शुक्रबार बिहान भएको खेलमा उरुग्वे र जापान २-२ गोलको बराबरी खेल्दै एक एक अंक बाडेका छन् । उरुग्वेका लागि लुइस स्वरेजले


z