• २०८१ बैशाख १२ बुधबार

हजुरआमाको छाउ कथा

kharibot

लेखक : यामुना गिरी

उन जमानाका कुराहरु सुनाएर मेरी हजुर आमाले मलाई खुबै जिग्गासु सँधै झै बनाईहरनु हुन्थ्यो । आमाले बाहीर कोठाको कुनामा टुक्रुक्क खुट्टामात्र टेकेर अटस मटस गरेर बसेकी बहिनीलाई माथिबाटै थाल थाप्न लगाएर भात, दाल तरकारी एकै पटक राखिदिनुुभयो । हजुर आमा बहिनीलाई देखेर आफुले उन जमानामा बाहिर सर्दा ओडारका खोप्चाहरुमा बसेर विताएका दिनहरु सम्झदै  आफ्नो विरक्तीएको ईतिहास देखाउदै हुनुहुन्थ्यो । हजुर आमाले आफ्नो बाहिर सर्दाका सबै पिडाहरु सुनाउदै गर्दा बहिनी डराउदै जान्थि । म पनि हजुर आमाका विगतका ति कुराहरु सुन्नमा खुबै चासो दिन्थे । मैले त्यो दिनमा पनि आफ्ना विगतका कुराहरुलाई भन्न हजुर आमालाई आग्रह गरे । हजुर आमा पनि भन्दै जानुभयो ।

उति बेला म त्यस्तै १२,१३ वर्ष कि थिए । आमाले गाग्रो हातमा थमाउदै  सिमखेत पानी ल्याउनलाई पठाएकी थिईन् पानी अलि टाढा भएकोले  हामी गाँउ भरिका सबै साथिहरु एकै पटक हुल बाधेर जान्थ्यौ । पारी   थीरेकी बहिनी र  म खुबै मिल्थौ पनि । त्यति बेला म सँगका सबै सहेलीहरु पहिलो पटक बाहिर सरिसकेका थिए । सबैलाई थाहा पनि थियो पहिलो अनुभव बाहेक म । पानीको गाग्रो हालले समाएर कम्मरमा राख्न थालेको थिए । पेट एक्कासी दुखेको अनुभव भयो । अलि परसम्म हिड्दै गए । रकतमासी लागेको जस्तै महशुस भयो ।

थिरेकी बहिनीलाई एकछिन बसौ न मेरो पेट काटेको छ भने । उ पनि बसी म सँगै । केही समय बसेर म अगाडीलागे उ पछि । थिरेकी बहिनी मैना एक्कासी कराई ऐ उजेली तँ त पाखा लागिछस् पख पख । मेरो मन चिसो भयो । पानीको गाग्रो थचक्क भुईमा राखेर गाग्रो भन्दा अलि पर गएर बसे । मैनाले लौ अब तँ पनि ओडारमा बस्ने भई । मेरो बच्पनाको मन डरले काप्न थाले । हात खुट्टाहरु लुला भए । अब के पो हुने हो कस्तो हुने हो । पहिलो पटक आफ्नो शरिरको खुन देखेको थिए मैले । मैनाले आफ्नो पानी गाग्रो पर ढुङ्गामा राखि र मेरो पानीको गाग्रो पुरै घोप्टाई र उल्टो मुखी फर्काएर राखिदिई । हेर उजेली तँले कसैलाई मुख देखाउन हुन्न , ७ दिन सम्म कसैका अगाडी पर्न हुन्न झन् तेरा घरका कसैको पनि छाँयासम्म हेर्न हुन्न , तँ यही उ त्यहाँ एैसेलुका झाङमा लुकेर बस् म तेरा घर भनिदिउलाँ ।

मैनाले घर गएर आमासँग सबै कुराको वेली विस्तार गरिछ , आमा पनि अलि चिन्तीत हुँदै अव भोलीको रोपाई छ, यति नामका काम कसले गर्ने होला भन्दै कराउदै थिईन् रे के गर्ने रिसाए पनि आमाले पनि कुनै समयमा मेरा जस्तै पिडा भगेको भएकोले  सानी दिदीलाई ओड्ने ओछाउने र खाना बोकार आमाले सिमखेतको उत्तीसको रुखमा दिदिलाई पठाईन् । दिदि रोपाईका लागि भनेर माईत आएकी थिईन् म सँग बस्न मानिनन् । मेरा मनमा विभिन्न डरका पिरामीडहरु खडा भई रहेका थिए । को सँग बस्ने कुईरे भिरमा एक्लै ।  मन चिसो चिसो हुँदै गईरहेको थियो ।दिदिले ल्याईदेको खाना र ओड्ने ओछ्छाउने बोकेर एक्लै लागे कुईरे भिरतिर ।

बालापन म सँग मजैले खेल्दै थियो त्यो बेला । तर  म खेल्न सकेको थिईन । मलाई संस्कारले खेल्न दिएको थिएन । मेरी आमाले छोरी मान्छे भएर जन्मे पछि गर्नुपर्ने सबै कुराहरु म ७ बर्ष भए देखि सिकाउदै आउनुभएको थियो । पढ्ने बेलामा एक हप्ता छाउगोठ मै वित्थ्यो । 

एक्लै उकालो लागेर कुईरे भिरको बाटो जाँदै थिए तल्ला घर साना बा खोक्दै खोक्दै आई पुगे कताबाट हो खै , हत्त न पत्त असुराको झाङमा लुके । कता कता शोभा कराए जस्तै सुनीयो । साना बा अलि तल गई सकेपछि आफु उकालोको असुरा घारी नेर भएको कुरा चिच्चाएरै भने । आमाले सानी फुपुलाई सबै बेली विस्तार पारे पछि शोभा आएकी रे मलाई साथि भईदिनलाई । कुईरे भिर पुगे पछि हामीले बस्नलाई भिरको कोप्चा खोज्यौ ।सँधै झै अरु बस्ने गरेको ठाउँमा पल्ला गाँउकी केटीहरुले कब्जा गरेका रहेछन् । भिरको छहरा भन्दा अलि पर तिर एउटा कोप्चो खाली रहेछ । हामी त्यहि बस्यौ ।

जिवनमा पहिलो पटक मैले मेरा बा आमालाई घरमा छोडेर एक्लै बाहिर सुत्न गएको थिए । बा आमालाई सम्झेर साह्रै रुन मन लाग्यो । यो मानविय संरचनाको वनावट गर्ने शक्तिलाई देखेर साह्रै रिस पनि उठ्यो ।

जिवनमा पहिलो पटक मैले मेरा बा आमालाई घरमा छोडेर एक्लै बाहिर सुत्न गएको थिए । बा आमालाई सम्झेर साह्रै रुन मन लाग्यो । यो मानविय संरचनाको वनावट गर्ने शक्तिलाई देखेर साह्रै रिस पनि उठ्यो । किन हामी छारी मान्छेहरुमा मात्र यस्तो नियम बनाएको होला , ल ठिकै छ नियम बनायो तर यो नियमलाई लिएर किन मान्छेहरुले घ्रिना र घरबाट ७ दिन सम्म बहिस्कार गर्न खोजेका होलान् , किन हामीलाई ७ दिन सम्म कसैलाई छुन नदिएका होलान् , के यो रगत याी सबै कार्य होस् भन्नका लागि देखा परेको हो र मनमा बच्चपनको सोच आयो ।

राती ९ बजिसेको थियो । कुईरे भिर दिनमा हेर्दा त यसै डर लाग्दो देखिन्थ्यो झन् राती त कुरै नगरौ । मनमा डर भए पनि बस्नु पर्ने बाध्याता हामीमा थियो । तल खोलामा स्यालहरु ठुलै जमघट गरेर चिच्चाई रहेको आवाज कानले पायो मैले मेरो मनलाई डरको सिमाले रोक्न सकिन आँखाबाट आशु र गलाबाट एकै पटक आवाज आईदियो चिच्चाएर रुन थाले म त । शोभा दिदी पनि मलाई देखेर न रो भन्दै थिईन् झन् स्याल नजिकैको पल्लो डाँडामा आएर कराउन थाल्यो । दिदी पनि अब त डराईन् । उनीपनि आमा आामा भन्दै कराउन थालिन् । हामी राएको देखेर हाम्रो पल्लो पटि कब्जा गरेर बसेका पारी गाँउका केटीहरु पनि चिच्चाए । खै मान्छे कराएको सुनेर होला स्यालहरु एकै छिन्मा कराउन छाडे ।त्यस राती हामीले आँखा चिम्म पनि गरेनौ । 

जमाना खराब थियो त्यति बेला । गाँउमा अलिक हुर्केकी छोरी चेली देख्न हुन्थेन गाँउका ठिटाहरुलाई । सबैलाई थाहा हुन्थ्यो गाँउमा के भईरेहेको छ भनेर । यस्तै डरलाई पालेर हामी ७ दिन सम्म राम्रो सँग सुतेनौ । खाना पनि खान मन नलाग्ने एक्लो महशुस मात्रै हुने , दिन भरि रात भरी त्यहि भिरमा विताए । ७ दिन ७ वर्ष जस्तै लागेको थियो । ६ दिन पछि सातौ दिनका दिन घरमा बा आमाले टिकाटालो  गरेर नयाँ कपडा ल्याईदिएर घर भित्र जान दिनुभयो । आमालाई सात दिन सम्मका सप्पै कुराहरु सुनाए ।आमाले यस्ता कति दुःख व्यहोर्नु पर्छ पर्छ छारी भए पछि भनेर छोरी हुनुको दोश लगाउनु भयो । 

म पहिलो पटक पाखा लागेको ६ महिना पछि तेरा बाजे मलाई माग्न आएका थिए । माईतमा सबै जनाले स्विाकर गरि सकेका थिए । मंसिरमा विहे भयो तेरा बाजेसँग । पहिला माईतमा पाखालाग्दा जस्तो नहुने रहिछ घरमा १३ वर्षको उमेरमा विवाह गरेकी म मा कतिको कामको ज्ञान हुन्थ्यो होला र घरको काममा ध्यान दिने तै पनि सासुले भनेको मान्नै पर्ने र गर्नै पर्ने दायित्व हुन्थ्यो । तेरा बाजेले खै के सोच्थे हरेक साँझ भन्थे हेर तँ अलिक भए पनि पढ्न पर्छ यो घरको कामले तलाई खाईदिन्छ । म पनि तेरा बाजेको कुरामा सहमत भएर तेरा बाजे सँग पढ्न बस्थे । 

पोईली घरमा त झन् कसैको पाएक नपर्ने ठाउँमा छाउगोठ थियो । त्यहाँ एकान्त थियो चिच्चाएको पनि कसैले सुन्दैन थियो । ७ दिन सम्म छाउ गोठमै विताउनु पथ्र्यो । भैसीलाई घाँस काटेर खोला वारी नै राखिदिनु पर्ने, दाउरा ल्याए खोला वारी नै राखिदिनु पर्ने, जे काम गर्थे खोला वारीबाट मात्रै गर्नु पर्ने बाध्यता थियो ।

हरेक परिवारमा सामाजिक प्रथाको रुपमा जरो गाडेको छाउ प्रथालाई हामी जस्ता युवाहरुले न्यूनिकरण गर्नसक्नु हाम्रो चुनौती पुर्ण कार्य हो । देश समृद्धिको खातिर गईरहँदा छाउगोठमा सुतेका कलिला विरुवाहरुलाई हामीले सर्पको टोकाई , बलत्कारका पिडाहरुबाट ढल्न दिन हुन्न ।

एक दिन तेरा बाजेले खोई के कुरामा बा आमासँग झगडा गरे । त्यसको पर्सि पल्ट झोला बोकेर मलाई पनि जाँउ हिड भन्न थाले । सासु ससुराले पनि जा जा भनेर कराउन थाले । हामी यहाँबाट केही नबोकी मधेश तिर लाग्यौ । मधेरमा तेरा बाजेले मास्टरको नोकरी गर्न थाले र मलाई पढाउन थाले । मैले १४ वर्षको उमेरमा १ कक्षा भर्ना गरेको थिए । तैपनि मैले नडगमगाई निरन्तर पढे २१ वर्षको उमेरमा आठ पास गरे । आठ पास पछि मलाई २०४२ सालमा मुखियाको जागिर मिल्यो । जागिर खादै पढ्दै गरे । तेरो बुवा पनि आठ पास पछि जन्मिएको हो । 

छाउगोठमा बस्दादेखि नै सोच्थे एक दिन यसका विरुद्धमा आवाज उठाउछु । यसलाई जरैबाट निर्मुल पार्न नसकेपनि न्यूनिकरण गरेरै देखाउछु । र आज सफल भए पनि ।

मेरी हजुर आमाको यी कुराले मलाई सोच्न बाध्य बनायो । हजुर आमाका पालामा छाउगोठमा बस्नु पर्ने चलन थियो मम्मीका पालामा घरको एक कोठा सम्म आई पुग्यो त हाम्रो पालमा त यसलाई पुरै निर्मुनै पार्न सकीने रहेछ ।समाज परिर्वतनका लागि एकै पटक लागेर नहुने रहिछ भन्ने कुरालाई मैले मेरी हजुरआमाको भोगाईबाट थाहा पाए ।हजुर आमा अहिले महिनावारी शारिरीक सृजना हो समाजले यसलाई सामाजिकीकरण गरेर प्रथाको रुपमा पहिचान गराएको हो भन्दै अभियानका रुपमा लागि रहनु भएको छ ।  हरेक परिवारमा सामाजिक प्रथाको रुपमा जरो गाडेको छाउ प्रथालाई हामी जस्ता युवाहरुले न्यूनिकरण गर्नसक्नु हाम्रो चुनौती पुर्ण कार्य हो । देश समृद्धिको खातिर गईरहँदा छाउगोठमा सुतेका कलिला विरुवाहरुलाई हामीले सर्पको टोकाई , बलत्कारका पिडाहरुबाट ढल्न दिन हुन्न ।

सुदुर पश्चिमका जिल्लाहरुमा अहिले सुधारीएको छाउगोठका नामले अभियानका रुपमा चलाईएको अभियान केही हदसम्म त ठिकै हो तर सुधारिएको छाउगोठका नामको ट्याग टाँसेर यसैलाई फलो गरिरहेयौ भने हाम्रो मुर्खताको पहिचान हुने कुरा पक्का हो । देश विश्वव्यापीकरणको तिब्र प्रतिस्प्रर्धामा गरिरहेको वर्तमान अवस्थामा विश्वका धेरै देशहरुले आज भन्दा १०,१२ बर्ष अघि नै निःशुल्क वितरण गरेको स्यानिटरी प्याडले हाम्रो देशमा वल्ल तल्त स्थान पाएको छ । यसलाई पनि छाउ प्रथा निर्मुल पार्ने एक अभियानको रुपमा लिन सकिन्छ । मेरी हजुर आमाले मलाई अहिले मजैले अभियानमा सरिक गराएर यसका विरुद्धमा लागिरहन प्रेरणा दिई राख्नु भएको छ ।

 

(लेखक गिरी कर्णाली स्वास्थ्य विज्ञानमा कार्यरत स्टाफ नर्सको रुपमा कार्यरत छन् ।)

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै